Home देश टोडलर्स् स्कुलमा विन्टर कार्निभल सम्पन्न

टोडलर्स् स्कुलमा विन्टर कार्निभल सम्पन्न

96
0
SHARE

काठमाडौंको तीनचुली बौद्धमा रहेको टोडलर्स् स्कुलमा शनिवार विन्टर कार्निभल सम्पन्न भएको छ । जाडो विदामा बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको कार्निभलमा हर्स राइडिङ, फेस पेन्टिङ सहित अन्य विविध रोमाञ्चक खेलमा विद्यार्थी सहित अभिभावकहरु समेत उत्साहपूर्वक सहभागी भए । कार्टुन तथा मस्कटहरुको प्रदर्शनी, म्याजिक सोले पनि स–साना नानीहरुको ध्यान खिचेंको थियो । चर्चित हास्य कलाकारहरु रवि डंगोल, कुमारमणि गजुरेल, वृन्दा खतिवडा लगायतको प्रदर्शन पनि कार्निभलको विशेष आर्कषण रह्यो । विभिन्न प्रतिस्पर्धाहरुमा विजयी भएकाहरुलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको स्कुलका प्रिन्सिपल सुवास लामाले जानकारी दिए । त्यस्तै फुड स्टलबाट संकलित रकम परोपकारी संस्था कमन इफोर्ट नेपाल मार्फत् गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई निशुल्क स्टेशनरी उपलब्ध गराउन खर्च गरिने लामाले बताए ।

यसअघि कार्निभलको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्र लामाले विद्यालयहरुले पठन–पाठनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए । स्कुलका प्रबन्ध निर्देशक गजेन्द्रकुमार लामाले टोर्डलस् स्कुलले गुणस्तरीयतामा कहिल्यै सम्झौता नगर्ने धारणा राखे । एकेडेमीक डाइरेक्टर रञ्जन कायस्थले स्कुलको विविध पक्षबारे जानकारी दिइन् । टोडलर्स् स्कुलमा अनुभवी शिक्षिकाहरुबाट मेन्टेश्वरी विधिमा पारिवारिक वातावरण सहित कक्षा १ सम्म पठन पाठन भइरहेको छ । यस स्कुलमा अत्याधुनिक भवन सहित, खुल्ला खेल मैदान, नजिकै फराकिलो बगैंचा तथा जंगल, सुविधा सम्पन्न ल्याब, किचेन, डाइनिङ हल, पर्याप्त खेल सामाग्री, संगित तथा कम्प्युटर ल्याब, यातायात सेवा, प्रदर्शनी हल सहित अन्य सबै खाले भौतिक पूर्वाधारको राम्रो व्यवस्था छ । सैद्धान्तिक ज्ञान सहित व्यवहारिक शिक्षालाई पनि विशेष महत्व दिँदै आएको यो स्कुल सन् २०१२ मा स्थापना भएको हो ।

LEAVE A REPLY