Home देश तरुल खन्ने र बेच्ने चटारो

तरुल खन्ने र बेच्ने चटारो

162
0
SHARE

-अभिषेक दाहाल- 

सर्लाही । सर्लाहीका किसानलाई यतिबेला तरुल खन्ने र बेच्ने चटारो परेको छ। माघे संक्रान्ती आउन एक दिन मात्र बाकी हुदा राजघाट ,हजरिया, शंकरपुर ,बागमतीका किसानलाई बारीमा रहेको तरुल खन्ने र बजारसम्म पुर्‍याउने बिक्री गर्ने चटारो परेको छ। माघे संक्रान्ति सकिपछि तरुको भाउ निकै घटने भएकाले यहि सिजनमा तरुल बेचि सक्नु पर्ने किसानको भनाई छ।यहाका किसानहरूले विगत १५वर्ष देखि व्यवसायिक तरुलको खेती गर्दै आएका छन् ।

अन्य बालीको तुलनामा कम लगानी र थोरै मेहनतबाट पनि राम्रो आम्दानी लिन सक्ने राजघाटका किसान शकर पुलामीले बताउनुभयो ।यहाँ उत्पादन भएको तरुल नारायणगढ ,पोखरा काठमाडौं लगायतका ठुला व्यापारी केन्द्रमा पुग्ने गरेको छ । यहाका किसानको अहिले व्यवसायिक रुपमा नै करिव पाच सय बिघा भन्दा बढी जमिनमा तरुल खेती लगाएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ। यति बेला किसानले उत्पादन गरेको तरुल व्यापारी प्रति केजी ४५ रुपैयाका दरले खेतबाट खरिद गरेर बिक्रीका लागि लाने गरेका छन।माघे संक्रान्तीलाई लक्षित गरी अहिले सर्लाहीबाट दैनिक दर्जनौं ट्रक तरुल लोड हुने गरेको छ।यहाँका किसानले मुख्य गरी सर्लाही रातो, सर्लाही सेतो, मकवानपुरे पताले र जाँते जातको तरुलको खेती गर्ने गरेका छन।

किसानले प्रति कठ्ठा १० क्वीन्टलसम्म तरुल उत्पादन गरेका छन । एक कठ्ठा जग्गाबाट वर्षमा ४५ हजारको तरुल उत्पादन गरेर बिक्री गर्ने गरेको राजघाटका किसान हरीबहादुर खड्काले बताउनुभयो। गत वर्ष प्रति किलो २५ देखि ३० रुपैयाँसम्ममा बिक्री भएको तरुल यश वर्ष ४५ रुपैया सम्मा स्थानीय बजारमा बिक्री भएको छ । यहाँका किसानले एउटै बोटबाट ६ फिटसम्म लामो र १२ किलोसम्म तौल भएको तरुल फलाउने गरेका छन् । विगतमा तरुलको मुल्य नपाएका किसानले यश वर्ष राम्रो मुल्यमा तरुल बिक्री गरेका छन । उनीहरुले तरुल खेतीमा लाग्ने आधा भन्दा बढी लागत मकै खेतिबाट उठाएकाले किसानलाई दोहोर फाईदा भएको छ।

LEAVE A REPLY