Home ताजा समाचार हुण्डी कारोवार गर्ने सहकारीका अध्यक्ष र म्यानेजर पक्राउ

हुण्डी कारोवार गर्ने सहकारीका अध्यक्ष र म्यानेजर पक्राउ

76
0
SHARE

विराटनगर । हुन्डीको कारोबार गर्ने सहकारीका अध्यक्ष र म्यानेजर पक्राउ परेका छन् । सहकारीबाट हुन्डीको कारोबार गरेपछि संस्थाका अध्यक्ष र म्यानेजरलाई प्रहरीले पक्राउ गरेको हो । हुन्डीमा संलग्न रहेको आशांकामा मोरङ प्रहरीले आस्था नेपाल बहुदेश्यी सहकारी संस्थाका अध्यक्ष सहित तीन जना हुण्डी कारोवारीलाई पक्राउ गरेको हो ।

हुण्डीका लागि प्रयोग भएको ६९ लाख रूपैयाँसहित प्रहरीले सहकारीबाटै तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा विराटनगर महानपालिका ७ का ३२ वर्षीय संस्थाका अध्यक्ष राजेश हेडा, ४१ वर्षीय म्यानेजर दिपककुमार कर्ण र अर्का एक व्यक्ति सुमित साह प्रक्राउ परेका हुन् ।

प्रहरीले सहकारीबाट ५९ लाख ७ हजार ६०० र पक्राउ परेका साहबाट ९ लाख ५० हजार रुपैयाँ बरामत गरेको छ ।

विराटनगरमा बचत तथा ऋणको कारोवार गर्दै आएको सहकारीमा आइतबार विहान प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा हुण्डीमा प्रयोग भएको रकमसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपीं) घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्ने मध्ये अध्यक्ष हेडा मुख्य हुण्डी कारोवारी हुन् । पक्राउ परेका तीन जनालाई थप राजस्व अनुसन्धान विभाग इटहरीमा पठाइएको श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY