Home कला/साहित्य नेपाली लेखक सङ्घ मोरङद्वारा कृति विमर्श सभा सम्पन्न

नेपाली लेखक सङ्घ मोरङद्वारा कृति विमर्श सभा सम्पन्न

161
0
SHARE

नेपाली लेखक सङ्घ मोरङद्वारा आज विराटनगरमा कृति विमर्श सभा सम्पन्न भएको छ ।  साहित्यकार लक्ष्मी उप्रेतीको कृति मृत्युस्पर्श माथी गरिएको उक्त विमर्श सभा नेपाली लेखक सङ्घ मोरङका अध्यक्ष गोकुल अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । अध्यक्ष अधिकारीले उक्त कृति क्यान्सर रोगबाट पिडित भएपछी लेखक उप्रेतीले आशुको कलमले तयार गरेको दस्ताबेज भएको बताउनुभयो ।

कार्यक्रमको प्रमुख आतिथि नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य डा. गोपाल भन्डारीले यो कृति पाठकको मनलाई तरल बनाइदिने शक्ति बोकेको साहित्यकार उप्रेतीको सत्यकथा भएको उल्लेख गर्नुभयो । लेखक सङ्घ मोरङका सचिब मिनकुमार नबोदितले स्वागत मन्तब्य राख्दै मृत्युस्पर्शले जोसुकै पाठकको मन तान्न सक्ने बताउनुभयो ।सो कृतिमाथिको प्रमुख बक्ता साहित्यकार निर्मला कोइरालाले सो पुस्तक पढ्दा उप्रेती आफुलाई संस्मरणकारको रुपमा उभ्याउन सफल हुनुभएको उल्लेख गर्नुभयो ।
भेषराज पोखरेलले क्यान्सर जस्तो रोगको सिकार हुनबाट वच्न यो कृतिले आत्मपरक ब्याख्याको माध्य्मबाट सबैलाई नबिनतम सन्देश दिन सकेको बताउनुभयो ।

साहित्यकार धिराज सुबेदीले उप्रेतीको यो कृति नेपाली साहित्यको भन्डारमा महत्वपूर्ण गहना बन्ने छ भन्ने बिश्वास आफुले लिएको बताउदै भन्नुभयो उप्रेतीले क्यान्सरबाट बच्न के गर्नुपर्छ भन्ने शिक्षा समेत यो पुस्तकको माध्यमबाट दिनुभएको छ ।
साहित्यकार कविराज नेउपानेले उप्रेतीको कलममा रहेको संस्मरणकला यो पुस्तकको माध्यमबाट प्रस्टिएको बताउनुभयो ।लक्ष्मी उप्रेतीको लेखन शिल्प तिखारिदैगएको आफुले अनुभूति गरेको बताउदै प्राज्ञ बिवश पोखरेलले भन्नुभयो यो पुस्तक लक्ष्मी उप्रेतीको अनमोल कृति हो यस्ले उहाँलाई साहित्य क्षेत्रमा धेरै माथी उठाउने छ ।

कार्यक्रम सञ्चालक लक्ष्मी पोखरेलले यो पुस्तक पढ्दा आफू पटक पटक रोएको बताउदै भन्नुभयो पाठकको परेली भिजाउन सक्ने क्षमता र शक्ति मैले यो पुस्तकभित्र पाए ।

कृतिकार लक्ष्मी उप्रेतीले उक्त पुस्तक क्यान्सर रोगबाट पिडित हुँदाको आफ्नो जीवन्त अनुभुति भएको बताउनुभयो ।

LEAVE A REPLY