Home मुख्य समाचार जिल्ला बचत संघको अध्यक्षमा–जेएन

जिल्ला बचत संघको अध्यक्षमा–जेएन

210
0
SHARE

माघ १३, रामेछाप । जिल्ला बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारणसभाले जगन्नाथ दाहालको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

शनिवार सदरमुकाम मन्थलीमा भएको उक्त साधारणसभाले उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा क्रमशः शम्भु श्रेष्ठ, नविन घिमिरे र पार्वती पाठकलाई निर्वाचित गरेको हो । त्यसैगरी सदस्यहरुमा क्रमशः शिवराज श्रेष्ठ, लक्ष्मणप्रसाद घिमिरे, सिर्जना वस्नेत, रत्नवहादुर नेवार र शुसिला थापालाई सर्वसम्मतरुपमा चयन गरेको छ ।

त्यस्तै साधारणसभाले प्रज्ञान खड्काको संयोजकत्वमा सम्झना श्रेष्ठ र कृष्णप्रसाद पौडेल सदस्य रहने गरी लेखा समिति समेत गठन गरेको छ । जिल्ला सहकारी संघका पूर्व अध्यक्ष गोविन्दप्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त साधारणसभा जिल्लाका धेरै सहकारी संस्थाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

रामेछापमा जिल्ला बचत तथा ऋण सहकारी संस्था २०५५ सालमा डिभिजन सहकारी कार्यालय दोलखामा दर्ता भई जिल्ला सदरमुकाम मन्थलीमा कार्यालय संचालन गर्दै आएको छ । जिल्ला वचत संघमा अहिले १ सय ७१ वटा सहकारी संस्थाहरु आवद्ध रहेको यस संस्थाको शेयर पूँजी ९८ हजार रहेको जिल्ला बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

LEAVE A REPLY