Home कला/साहित्य जन्मभूमि नेपाल साहित्य समाजको १० औं श्रृङखलामा कविता वाचन सम्पन्न

जन्मभूमि नेपाल साहित्य समाजको १० औं श्रृङखलामा कविता वाचन सम्पन्न

220
0
SHARE

जन्मभूमि नेपाल साहित्य समाजले १० औं श्रृङखलामा पाँच कविका १० कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । माघ १९ गते शनिबार राजधानीको कपन स्थित घटराज भट्टराई स्मृति स्कुलमा भएको कार्यक्रममा कविहरु विनोद दाहाल वत्स , नारायण साकिोटा, अमृता स्मृति, दिपक दाहाल र प्रेम राईले रचना वाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रा।डा। दुर्गाप्रसाद अर्यालले कविहरुका रचनाहरुको विवेचना गरेका थिए भने कार्यक्रमका समीक्षक ऋषीदेव घिमिरेले रचनामा माथी समीक्षा गरेका थिए । जन्मभूमि नेपाल साहित्य समाजका अध्यक्ष डिल्लीप्राद मुलतिहुनले जन्मभूमि नेपाल साहित्य समाजले गरेका कार्यहरुको चर्चा गरे कार्यक्रमको सहजिकरण रञ्जु दाहालले गरेकी थिइन । कार्यक्रममा संस्थाका संरक्षक ओम कोइराला , सल्लाहकार सिताराम गुरुङ , संसस्थाकी कोषाध्यक्ष मुना खतिवडाले पनि रचना वाचन गरेका थिए ।
जन्मभूमि नेपाल साहित्य समाज ओखलढुंगामा जन्मी राजधानीमा वसोवास गर्ने कवि ,लेखक तथा साहित्यकारहरुले स्थापना गरेका हुन । यस समाजले हरेक महिना रचना वाचनको श्रृङखला संचालन गर्दै आएको छ ।

LEAVE A REPLY