Home देश नेसंवि प्राध्यापक संघमा नयाँ नेतृत्व चयन

नेसंवि प्राध्यापक संघमा नयाँ नेतृत्व चयन

522
0
SHARE

माघ २०, काठमाडौँ ।
नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघमा नयाँ नेतृत्वको चयन भएको छ । सहप्राध्यापक शम्भु गौतमको नेतृत्वमा नयाँ नेतृत्वले जिम्मेवारी पाएको हो । उपाध्यक्षमा आनन्दमणि रिजाल, महासचिवमा अर्जुन भट्टराई, सचिवमा भवानीशङ्कर भट्टराई, कोषाध्यक्षमा नारायणप्रसाद बराल, सदस्यमा रमा झा, विनिता झा, सुदर्शन ढुङ्गाना, सुधीरकुमार शर्मा, नवीनकुमार झा र काशीनाथ पौडेल निर्वाचित हुनुभएको छ ।


आज एक कार्यक्रमका बीच निर्वाचन अधिकृत प्रा. प्रेमकुमार आचार्य, नेसंवि प्राध्यापक संघका निवर्तमान अध्यक्ष डा नवराज कट्टेल एवं वाल्मीकि विद्यापीठमा प्राचार्य डा.गणेप्रसाद घिमिरले संयुक्त रूपमा विजयी उम्मेद्वारलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

 

यसैगरी नेपाल प्राध्यापक संघको महाधिवेशन प्रतिनिधिका लागि पनि निर्वाचन सम्पन्न भएको छ । महाधिवेशन प्रतिनिधिमा प्राध्यापक धनेश्वर नेपाल, ऋषिराम आचार्य, केशवराज चालिसे, खगेश्वर गौतम, गणेश पाण्डेय, गोपीनाथ कँडेल, डिल्लीप्रसाद पाण्डेय, ध्रुवप्रसाद भट्टराई, भागवत ढकाल, मधुसूदन ज्ञवाली, मुक्तिनाथ झा, सन्तोष खनाल, हेमनारायणलाल कर्ण र हरिप्रसाद देवकोटा निर्वाचित हुनुभएको  छ ।

LEAVE A REPLY