Home कला/साहित्य नवलपुरमा सखी विमर्श

नवलपुरमा सखी विमर्श

245
0
SHARE

माघ २०, काठमाडौँ ।  नवलपुर क्षेत्रमा रहेका विभिन्न साहित्यिक संघसस्थाहरुको संयूक्त आयोजनामा आज मदन पुरस्कार विजेता रामलाल जोशीको सखी उपन्यासको चर्चा तथा समिक्षा कार्यक्रम कावासोतीको मध्यबिन्दु क्याम्पसमा सम्पन्न भएको छ । नेपाली साहित्यलाई अन्र्तराष्ट्रिय स्तरको बनाउन साहित्यकार तथा लेखकले मेहनत गर्न पर्ने लोकबार्ता नेपालका सस्थापक अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि प्राध्यापक. डा कुसुमाकर न्यौपानेले बताउनु भयो । धार्मिक ग्रन्थहरुमा भएका कथाहरु मानव विकास को बैज्ञानिक तथ्य संग मेल खाने कुरा गर्दै साहित्य यसबाट अलग नरहेको प्राध्यापक डा. न्यौपानेले बताउनुभएको छ ।

समिक्षात्मक कार्यक्रममा उहाले लेखकको अब्बल पुस्तकहरु आउन भन्ने शुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै नेकपाको केन्द्रिय सदस्य किसन शर्मा गैरेले साहित्य भनेको कुनै पनि व्यक्ति समाज र राजनैतिक विचारको मात्र नभई सबैको साझा बिचार हो भन्नु भयो । कार्यक्रममा बोल्दै आचर्य श्री शीत्तल कृष्ण जी महाराजले साहित्यले मानव जीवनलाई आनन्द दिने र अर्थपूर्ण जीवनयापनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । करुण लम्साल, डा. धनपति कोइराला ,विरेन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख रमेश प्रभात लगायतले पाठक प्रतिक्रियाको साथै लेखकको प्रगतिको लागि शुभकमना दिनुभएको थियो। प्रमुख समिक्षकको रुपमा अग्रज साहित्यकार कृष्ण देवी शर्मा, अधिवक्ता तथा साहित्यकार दिपक भट्टराई, साहित्यकार श्रीषा शाहीले उपन्यासका सवल र दुर्बल पक्षका बिषयमा समिक्षात्मक टिकाटिप्पणी गर्नुभयो । संयुक्तरुपमा आगामी दिनमा अझ सशक्त कृतिहरुको अपेक्षा भएको बताउनुभएको थियो ।

साथै कार्यक्रममा बोल्दै रामलाल जाशीले उहाँका कथा कुनै पनि वनावटी नभएको र सजिव रुपमा रहेको पात्रहरु नै रहेको दावी गर्नुभयो । सुदुर पश्चिमको समाजलाई जस्ताको तस्तै उतारेको सखी लेखकले बताउनुभएको छ । पढ्दा र सुन्दा असहज लाग्ने भएपनि सखी भित्र रहेका पात्रहरुको जीवन यथार्थपूर्ण रहेको उहांको जिकिर छ । साधना सगमको अध्यक्ष अर्जुन अविरलको सञ्चालमा रहेको कार्यक्रमा अध्यक्षता लक्ष्मी स्मृति साहित्य प्रतिष्ठानका अध्यक्ष सदानन्द अभागीले गर्नुभएको थियो भने स्वागत मन्तव्य साहित्यकार टीका सापकोटाले गर्नुभएको थियो ।

LEAVE A REPLY