Home कला/साहित्य चलचित्र विकास बोर्ड अध्यक्षबाट निकिता पौडेलको राजीनामा

चलचित्र विकास बोर्ड अध्यक्षबाट निकिता पौडेलको राजीनामा

98
0
SHARE

काठमाडौँ, २२ माघ । चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पौडेलले बुधबारदेखि लागू हुने गरी आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएकी हुँ ।’ पौडेलले आफूले आफ्नो पदबाट राजीनामा दिएको र आगामी दिनमा समाज सेवामा समर्पित हुने बताउनुभयो । उहाँ २०७४ साल मङ्सिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो ।

पौडेलले पहिलोपटक बक्स अफिस प्रणालीको शुरुआत गरेको र अन्य केही सकारात्मक कामको समेत थालनी गरेको आफ्नो राजीनामापत्र उल्लेख गर्नुभएको छ ।

LEAVE A REPLY