Home ताजा समाचार याकुन्देन्दुतुसारहारधवला…सरस्तीस्तोत्रको अर्थ के ? हेर्नुहोस् आजको नीति वचन

याकुन्देन्दुतुसारहारधवला…सरस्तीस्तोत्रको अर्थ के ? हेर्नुहोस् आजको नीति वचन

142
0
SHARE

 

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।। –सरस्वती स्तोत्र

विद्या की देवी भगवती सरस्वती कुन्द फूल, चन्द्रमा, हिमराशि र मोतीको हारजस्तै चम्किली धवल वर्ण भएकी, श्वेत वस्त्र धारण गर्ने, जसको हातमा वीणा र वरदमुद्रा शोभायमान छन्, जो सेतो कमलको फूलको आसनमा विराजमान हुनुहुन्छ, जो ब्रह्मा विष्णु एवं शङ्कर आदि देवताद्वारा पनि नित्य वन्दनीय हुनुहुन्छ यस्ती भगवती सरस्वतीले हामीमा भएको जडरूपी अन्धकारलाई हटाई ज्ञानको दिव्यज्योति प्रदान गर्नुहोस् । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –

LEAVE A REPLY