Home मुख्य समाचार अर्को माओवादी जन्मिन्छ र झन् ठुलो लडाइँ हुने खतरा आउँछः प्रचण्ड

अर्को माओवादी जन्मिन्छ र झन् ठुलो लडाइँ हुने खतरा आउँछः प्रचण्ड

191
0
SHARE

–हरेकपल टिप्पणी–

‘विस्तारै–विस्तारै माओवादीहरुलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुभाग्यपुर्ण हुन्छ । ‘अर्को माओवादी जन्मिन्छ र झन् ठुलो लडाईं हुने खतरा आउँछ ।’

यो अभिव्यक्ति १० वर्षे माओवादी युद्धका कमान्डर एवं वर्तमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको हो । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको मतभिन्नताबारे सर्वत्र चर्चा भइरहँदा आएको प्रचण्डको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।

पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानले लेख्नुभएको ‘न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ नामक पुस्तक लोकार्पण कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै उहाँले विकास, समृद्धि र न्यायसहित समाजवादको आधार निर्माण गर्ने कुरा पनि राष्ट्रिय सहमतिबाट मात्रै हासिल गर्न सकिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपालमा ठूला राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाट मात्रै सम्भव भएका हुन् र अब विकास, समृद्धि र न्यायसहित समाजवादको आधार निर्माण गर्ने कुरा पनि राष्ट्रिय सहमतिबाट मात्रै हाँसिल गर्न सकिन्छ ।’ सहमतिको वातावरणले अहिले पनि जनताको समृद्धिको लागि र परिवर्तनलाई संस्थागत गर्न आवश्यक भएको उहाँको धारणा थियो ।

अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू विकासको नयाँ युगतिर जाने लक्ष्यका साथ वर्तमान प्रक्रियामा आएको, तर त्यो अनुसार अगाडि बढिरहेका छौँ त ? भन्दै प्रश्न गर्नुभयो ।

‘शान्ति सम्झौता र संविधानमा व्यवस्था गरिएका मूलभूत कुराहरूको इमानदार कार्यान्वयनमार्फत अगाडि बढ्नु हामी सबैको ऐतिहासिक जिम्मेवारी बनेको मैले महसुस गरेको छ,’ अध्यक्षले भन्नुभयो, ‘शान्ति सम्झौता र संविधानमा व्यवस्था गरिएका मूलभूत कुराहरूको इमानदार कार्यान्वयन मार्फत अगाडि बढ्नु हामी सबैको ऐतिहासिक जिम्मेवारी बनेको मैले महसुस गरेको छ ।’

प्रदेश र स्थानीय तहलाई दिने सुरक्षा, प्रशासनिक, बजेटसम्बन्धि अधिकार दिँदा सिंहदरबारले कन्जुस्याइँ गरेको उहाँको भनाइ थियो । संविधान कार्यान्वयनको प्रक्रिया हेर्दा स्थानीय र प्रदेश तहलाई विस्तारै कमजोर पारिँदै त छैन ? पुरानै संरचना र व्यवस्थालाई बलियो पार्ने कदम सिंहदरबारबाटै अग्रसर भएका त होइनन् भन्ने आफूलाई आभाष हुन थालेको अध्यक्षले बताउनुभयो ।

यदि त्यस्तो ठान्ने हो भने र माओवादी सकिएको कसैले ठानेको हो भने फेरि अर्को माओवादी जन्मिने प्रचण्डले औँल्याएका छन् । मुलुकलाई शान्तिको बाटोमा डोर्याउने प्रतिबद्धतासहित आफूले २० वर्षअघि सम्झौता गरेकोमा अहिले आएर फेरि माओवादीका पुराना मुद्दा उल्ट्याउन लागेको आभाष आफूलाई भएको उनले बताए ।

प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहेका वेला अध्यक्ष प्रचण्डले भेनेजुएलामाथि अमेरिकाले हस्तक्षेप गरेको भन्दै कडा विज्ञप्ति जारी गरेका थिए । उनको विज्ञप्तिले नेपालको अमेरिकासँग सम्बन्ध बिग्रिएको भन्दै प्रधानमन्त्री ओली दाहालसँग रुष्ट बनेका छन् ।

LEAVE A REPLY