Home खेल धनगढी प्रिमियर लिग आजबाट सुरु हुँदै

धनगढी प्रिमियर लिग आजबाट सुरु हुँदै

76
0
SHARE

काठमाडौँ, २८ माघ । धनगडी प्रिमियर लिग डीपीएल को तेस्रो संस्करण आजबाट सुरु हुँदैछ ।

वर्षाका कारण दुई दिन पछाडि सारिएको प्रतियोगितामा ६ टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुनेछ । बिहान ९ बजे हुने पहिलो खेलमा काठमाडौँ गोल्डेन्स र धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौँ गोल्डेन्स ज्ञानेन्द्र मल्ल र धनगढी स्टार्स सोमपाल कामीको कप्तानीमा मैदानमा उत्रनेछ । पछिल्लो दुबै संस्करणको उपाधि जितेको धनगढी तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । आजै हुने दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

फाफ्ला मैदानमा हुने दोस्रो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । रुपन्देही च्यलेञ्जर्स बसन्त रेग्मी र महेन्द्रनगर युनाइटेड शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ ।

LEAVE A REPLY