Home मुख्य समाचार अन्ततः राजीनामा दिए नेवि संघ अध्यक्ष नैनसिंह महरले

अन्ततः राजीनामा दिए नेवि संघ अध्यक्ष नैनसिंह महरले

118
0
SHARE

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्। पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष महरले राजीनामा दिएका हुन् । उनले राजिनामा पत्र पढेर सुनाएका थिए ।

महरले पार्टीको केन्द्रीय समितिमा नेविसंघबारे मतमतान्तर देखिएकाले आफूले अध्यक्षबाट राजीनामा दिएको बताए।उनले महाधिवेशनबाट निर्वाचित भएर आउको व्यक्ति भएकाले महाधिवेशन र स्ववियू निर्वाचन सम्पन्न गर्ने अर्जुन दृष्टि हुँदाहुँदै विधान अनुसार कार्यकाल समाप्त भइसकेको र यसबारे केन्द्रीय समिति विभाजित भएकाले पदमा बस्नुको अर्थ नदेखेर राजीनामा दिने निष्कर्षमा पुगेको बताएका छन्।

सिंगो केन्द्रीय कार्यसमिति लागेर आफुलाई राजीनामा दिन बाध्य बनाएको बताउदै उनले निर्वाचित कार्यसमितिबाट महाधिवेशन गराउनु पर्नेमा तदर्थ समितिको बाटोमा लागेकोमा असन्तुष्टि पोखेका थिए । उनले पार्टी सम्पूर्ण रुपले एक ढिक्का भएर सर्वसत्ताबाद उन्मुख सरकारविरुद्ध संघर्ष गर्ने वातावरण बनेको समयमा नेविसंघको समयावधी थप गर्ने कि नगर्ने विषयमा पार्टी केन्द्रीय समितिमा नेताहरुबचि विवाद हुनु हुँदैन भन्ने कुरामा आफू सचेत भएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

LEAVE A REPLY