Home अर्थवाणिज्य मन्थली वितरण केन्द्रको आम्दानी ८ करोड ४० लाख

मन्थली वितरण केन्द्रको आम्दानी ८ करोड ४० लाख

134
0
SHARE

वद्री नयाँघरे
रामेछाप–२८ माघ ।

रामेछाप । नेपाल विद्युत प्राधिकरण मन्थली बितरण केन्द्रले एक वर्षको अवधिमा ८ करोड ४० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । चालु आर्थिक वर्षको तथ्याकं अनुसार गत एक वर्षको अवधिमा जिल्लाका सवै संकलन केन्द्रबाट गरि उक्त रकम संकलन भएको हो । विद्युतले उक्त प्रयोजन वापत महिनाको करिव ८ लाख युनिट विद्युत खपत हुने गरेको जानकारी पनि गराएको छ ।

जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका सहित विद्युतिकरण भई सकेका ८ वटै पालिकाका ग्राहकहरुले उपभोग गरेको तथ्याकका आधारमा प्राधिकरणले विद्युत खपतको विवरण उपलव्ध गराएको केन्द्रका जिल्ला प्रमुख विनोद अधिकारीले जानकारी गराए ।

उनका अनुसार यसरी कुल ७ लाख ५७ हजार ३ सय १२ युनिट विद्युतवाट मासिक ७० लाख रुपैयाँ विद्युत महसुल उठ्ने गरेको छ । जुन रकम गत वर्षको तुलनामा निकै वढि हो । गत आर्थिक वर्षमा १९ हजार ६ सय १० जना ग्राहक संख्या रहेकोमा यसवर्ष त्यसमा बृद्धि भई २२ हजार ३ सय ७ जना पुगेको छ ।

पछिल्लो समयमा ग्राहकहरुको संख्या बढेसँगै विद्युतीकरणको कामलाई अभियानको रुपमा संचालन गरेको प्राधिकरणले ग्राहकको बृद्धि सँगै जिल्लाका अधिकासं ठाउँमा गाडिएका काठका ३ हजार पोलहरु हटाएर सबै ठाउँमा फलामको पोल हाल्ने काम सम्पन्न भइसकेको जानकारी पनि प्रमुख अधिकारीले दिएका छन् ।

हाल जिल्लाका उमाकुण्ड गाउँपालिकाका केही वडाहरु, खाँडादेवी गाउँपालिकाको खाँडादेवी, भिरपानी, मझुवा र राकाथुमका केही भागहरु र रामेछाप नगरपालिकाको वडा नं ४ हिमगंगा र वडा नं ५ रामपुरका केही भागमा विद्युतीकरण गर्न वाँकी रहेको छ । यी सवै स्थानहरुमा आगामी एक वर्ष भित्र पनि विद्युतीकरणको कामले पूर्णता पाइसक्ने छ । यसको संस्थागत विकासको लागि कार्यालयले कुनै पनि कसुर नराखी सिङ्गो रामेछापलाई उज्यालो रामेछापको रुपमा विकास गर्ने अभियानको थालनि गरिएको छ ।

यो सँगै प्राधिकरणले एक वर्षको अवधिमा विद्युतिकरणको दिर्घजिवी अभियान अन्तर्गत कार्यालयले हालसम्म ५६ वटा टन्सफरर्मर समेत जडान गरिसकेको छ । जडान गरिएका टन्सर्फरमर मध्ये १२ वटा भने अझै चार्ज हुन वाँकी रहेको छ । विद्युतिकरणको विस्तार संगै प्राधिरणले २१ जना ग्राहकहरु कालो सुचिमा रहेको जानकारी समेत गराएको छ । उक्त शिर्षक अन्तर्गत प्राधिरकणले ६१ हजार ६ सय ७२ रुपैयाँ असुल गर्न वाँकी रहेको र त्यसतर्फ पनि प्रक्रिया अघि वढाएको छ ।

अभियान सँगै सिमित स्थानमा मात्र रकम असुलीको लागि काउण्टर संचालन गर्दै आएको प्राधिरकणले शिवालय, लखनपुर, वेथान र सालुमा नयाँ महसुल संकलन समेत संचालन गरेको छ । ग्राहकहरुको समस्यालाई मध्य नजरराखी उनीहरुलाई महसुल बुझाउन सहज वनाउनको लागि ती ग्राहक केन्द्रहरु संचालनमा ल्याइएको हो । त्यस्तै प्राधिरकणले परिर्वतीत समयसँगै सेवालाई ग्राहक मैत्री वनाउनको लागि इसेवा समेत संचालनमा ल्याएकोछ । यसका लागि ग्राहकहरुले आफ्नै मोवाइल मार्फत समेत विद्युतको पैसा तिर्न सक्नेछन् ।

LEAVE A REPLY