Home देश धनकुटाका विभिन्न व्यक्तित्व सम्मानित

धनकुटाका विभिन्न व्यक्तित्व सम्मानित

67
0
SHARE

विजय राई
धनकुटा २८ माघ । विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने महानुभवाहरूलाई आज धनकुटामा सम्मान गरिएको छ । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स धनकुटाको २० औं वार्षिक उत्सवको अवसरमा आज विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका समाजिक क्षेत्रका वरिष्ठ मानुभावहरूलाई सम्मान गरिएको निर्देशक राम नारायण रामाले बताउनुभयो ।

प्रदेश नम्वर १ धनकुटाका सांसद निरन राई, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्ग, इन्स्टिच्यूटका सल्लाकार नारायण जोशी, निर्देशक राम नारायाण रामा, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष तथा पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई, धनकुटा अस्पतालका प्रमुख डा.अमिताप ठाकुर, शिक्षा समन्वय इकाईका प्रमुख राम वहादुर थापाले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी इन्स्टिच्यूटको तर्फबाट सम्मान गर्नु भएको थियो ।

भाषा साहित्यमा महत्त्वपूर्ण योगदान दिनु भएकोमा गर्जाचार्य पुतस्कालय धनकुटका संस्थापक अध्यक्ष टिका प्रसाद लामिछाने, २०७४ सालको एस.इ.इ परीक्षामा जिल्लामा नै सर्वोकृष्ट अंक ल्याउन सफल भएकोमा त्रिवेणी माविका प्रधानाध्यापक ईश्वरीप्रसाद अघिकारी, देशमानै पहिलो सुन्दर सहर बनाउन सफल भएकोमा धनकुटा नगरपालिका वातावरण शाखाका प्रमुख उपेन्द्र खनाल, खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिनु भएकोमा करातेका प्रशिक्षक डिप्लप राई, सर्वोकृष्ट खेलाडीहरू समीक्षा श्रेष्ठ, सृजना थापा, लोकेन्द्र राईलाई र युवा पत्रकार विकास घिमिरे, महोन विस्कुट उद्योगका महोन शंकर श्रेष्ठ, पुराना तथा उत्कृष्ठ उद्यमी जय बोगटी, स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिनु भएकोमा विरेन्द्र कुमार श्रेष्ठ र समाजिक व्यक्तित्व श्यामराजा शाहलाई सम्मान गरिएको हो ।

यसैगरी इन्स्टिच्यूटले उत्कृष्ठ कर्मचारीको रूपमा धिरेन मरिक र राजन कुमार लिम्बु र सि एम ए तर्फ संदिव कुमार यादव, ए एन एम तर्फ पासाङ्ग ल्हमु शेर्पा, एच ए तर्फ सुजन चौंहानलाई सर्वोकृष्ट अंक ल्याउनु भएकोमा पुरस्कृत गरिएको इन्स्टिच्यूटका कर्मचारी हुमा सुब्बाले बताउनु भयो ।

धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स धनकुटाका निर्देशक राम नारायण रामाको अध्यक्षतामा सम्पन्न भएको बार्षिक उत्सव कार्यक्रममा प्रदेश नम्वर १ का सांसद निरन राई,धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने स्वाग मन्तव्य सल्लाहकार नारायण जोशी र संचालक इन्स्टिच्यूटका शिक्षक अमृत गुरुङ्गले गर्नु भएको थियो ।

LEAVE A REPLY