Home मुख्य समाचार सन्ताउन्न विधेयक पारित

सन्ताउन्न विधेयक पारित

167
0
SHARE

काठमाडौँ, २८ माघ । कानुन, न्याय तथा मानव अधिकार समितिले केही नेपाली ऐन संशोधन गर्न बनेका ५७ विधेयक सर्वसम्मत पारित गरेको छ ।

समितिको आज बसेको बैठकले सो विधेयकहरुमा दफावार छलफल गरी सर्वसम्मत रुपमा पारित गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

समितिले केही नेपाल ऐन संशोधनअन्तर्गतका नेपालका संविधान अनुकूल बनाउनुपर्ने कानून आगामी फागुन २० गतेभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सो विधेयक छलफल गरेर पारित गरेको हो ।

समितिले यसअघि संविधान अनुकूल बनाउनुपर्ने १०५ विधेयक पारित गरिसकेको छ भने आज ५७ वटा विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो । कानून निर्माण गर्नुपर्ने सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई बेलाएर समितिले दफावार छलफल गरेको थियो ।

LEAVE A REPLY