Home ताजा समाचार खहरेखोला र कुतेखोला सरसफाई अभियान सुरु

खहरेखोला र कुतेखोला सरसफाई अभियान सुरु

124
0
SHARE

काठमाडौं, माघ २९ । दहचोकको खहरेखोला साताव्यापी सरसफाई अभियान सुरु भएको छ ।  स्थानी जागरूक युवाहरूको सक्रियतामा सरसफाइ समिति बनाएर सोमबारदेखि सरसफाई अभियान सुरु गरिएको हो ।

सो अवसरमा बोल्दै चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरीले फोहोर व्यवस्थापनका लागि जनचेतना आवश्यक भएको बताउनुभयो । ‘फोहोरलाई व्यवस्थित किसिमले छुट्याउन सके फोहोरबाटै आम्दानी गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।

स्थानीय समाजसेवी किरण सिंग्देलले राज्यले एकीकृत सामाजिक विकास नीति अबलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । ‘एकीकृत विकास नीति लागू नगर्दासम्म यस्ता कार्यक्रम प्रभावकारी हुन सक्दैनन्’ उहाँले भन्नुभयो । फोहोरमैला व्यवस्थापन, सरसफाइ, स्वास्थ्यलगायतका एकीकृत कार्यक्रम लागू गर्न आवश्यक भएको उहाँको भनाई थियो ।

नेपाली कांग्रेसका स्थानीय नेता जीवन गिरीले जनता र स्थानीय सरकारको सामूहिक प्रयासबाट रचनात्मक ढंगले सरसफाइका कार्यक्रम गर्न सकिने बताउनुभयो ।

LEAVE A REPLY