Home देश मातृ कक्षाका २५ बालबालिकालाई शैक्षिक सामाग्री प्रदान

मातृ कक्षाका २५ बालबालिकालाई शैक्षिक सामाग्री प्रदान

71
0
SHARE

-डुकुप्रसाद कोईराला-

सर्लाही । सर्लाहीको हरिवनमा विद्यालय जानबाट वञ्चित बालबालिकाका लागि संचालिक मातृ कक्षाका २५ मुस्लिम बालबालिकालाई विद्यालय पोशाक, झोला र शैक्षिक सामाग्री प्रदान गरिएको छ । हरिवन नयरपालिकाको आर्थिक सहयोगमा चर्तुभुजेश्वर सामुदायिक सिकाई केन्द्र हरिवन सुखेपोखरीले विद्यालय जानबाट बञ्चित रहेका बालबालिकाका लागि संचालन गरेको पूर्व तयारी कक्षामा पोशाकका साथै शैक्षिक सामाग्री वितरण गरेको हो ।
हरिवन नगरपालिका ११ स्थित बालगंगा मुस्लिम टोलमा नगरपालिकाकै आर्थिक सहयोगमा संचालित कक्षामा अध्ययनरत बालबालिकालाई कार्यक्रममा हरिवनका नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेका सिकाई केन्द्रले जनाएको छ । शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै मेयर प्रसाईले बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई नगरपालिकाले दिने सेवा सुविधा रोक्का गर्ने बताए ।

उनले भने ‘बालबालिका भनेका देशका कर्णधार हुन्, उनीहरुलाई विद्यालय नपठाउनु भनेको ठुलो अपराध हो, त्यसैले बालबालिकालाई शिक्षाको उज्यालो घामबाट बञ्चित गर्ने जो कोही अभिभावकलाई नगरपालिकाले कुनैपनि सेवा सुविधा दिँदैन ।’ मेयर प्रसाईले राज्यले बालबालिकाको शिक्षामा ठुलो लगानी गरेकोले अभिभावकले बालबालिकालाई विद्यालय सम्म जाने वातावरण बनाई दिए मात्रै पनि उनीहरुले पढ्न पाउने छन् ।’ उन्ले विद्यालय जानबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पु¥याउने उदेश्यका साथ सिकाई केन्द्रले संचालन गरेको पूर्व तयारी कक्षा नगरको शिक्षामा कोसेढुंगा सावित भएको बताए ।

‘सिकाई केन्द्रले नगरको शिक्षा सुधारमा पु¥याएको योगदान उल्लेखनिय छ,’ मेयर प्रसाईले भने । कार्यक्रममा नगरपालिकाकी उपमेयर रेणुका पौडेल, प्रमुख प्रसाशकीय अधिकृत टिकारम ढकाल, हरिवन ११ का वडा अध्यक्ष शेख मेहवुव रेजा, वडा नं. ८ का अध्यक्ष यज्ञविनोद ढुंगेल, नेपाल शिक्षक महासंघ हरिवनका नगर अध्यक्ष पुष्कर वुढाथोकी, नेकपाका नेता विदुरकुमार प्याकुरेल, चूडामणि वाग्ले, काँग्रेस हरिवनका नगर सभापति रामशरण उप्रेती, महादेव जनता मावि हरिवनका प्रधानाध्यापक जयशंकर सिंह, चर्तुभुजेश्वर जनता माविका शिक्षक दिनेश साह, चर्तुभुजेश्वर सामुदायिक पुस्तकालयकी सामाजिक परिचालिका स्वस्तिमा अधिकारी, सहजकर्ता शिक्षिका विनु पौडेल, वडा सदस्य गीता राउत, समाजसेवी निषा ठकुरी हमाल लगायतको उपस्थिती रहेको कार्यक्रम संचालिका एवं सिकाई केन्द्रद्वारा संचालित गृहणी माविका प्रध्यानाध्यापक लक्ष्मी अधिकारीले जानकारी दिईन् ।

LEAVE A REPLY