Home मुख्य समाचार आज द्रोण नवमी तिथि पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७५ फागुन २ गते

आज द्रोण नवमी तिथि पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७५ फागुन २ गते

230
0
SHARE

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको २ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ शुक्लपक्षको नवमी तिथि विहान ९।४३ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । रोहिणी नक्षत्र बेलुका ५।३१ बजेसम्म रहनेछ । आज वैधृति योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ६।४४ मा छ भने सूर्यास्त बेलुका ५।५३ बजे हुनेछ ।

चन्द्रमा आज वृष राशिमा छन् । आज द्रोण नवमी तिथि हो । माघ शुक्ल पक्षको नवमी तिथिलाई द्रोण नवमी भनिन्छ । यस दिन माधवनारायणको विशेष पूजा हुने गर्दछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY