Home कला/साहित्य महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार शताब्दीपुरुष जोशीसहित चारजनालाई

महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार शताब्दीपुरुष जोशीसहित चारजनालाई

225
0
SHARE

काठमाडौँ, ९ फागुन । अहिंसा, शान्ति र लोकतन्त्रका अभियन्ता महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको आजको बैठकले विसं २०७४ को दुई र २०७५ को दुई जनालाई प्रदान गर्ने निर्णय गरेको हो । विसं २०७४ को सो पुरस्कार शताब्दीपुरुष सत्यमोहन जोशी र डा. गौरीशङ्करलाल दासलाई प्रदान गरिनेछ ।

त्यसैगरी, विसं २०७५ को तीर्थराम डङ्गोल र रामनारायण देवलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिनुभयो ।

ललितपुरका ९९ वर्षीय जोशी र सिरहाका ९५ वर्षीय दास, काठमाडौँका डङ्गोल र सप्तरीका देवले आफ्नो क्षेत्रमा सक्रिय योगदान पुर्याएबापत सम्मान गर्न लागिएको अध्यक्ष दाहालले बताउनुभयो ।

पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । यस्तै, विसं २०७५ को प्रेमसागरदेवी निधि राष्ट्रिय पुरस्कार पर्साका शान्ति कार्की र जाजरकोटका मैना कार्कीलाई प्रदान गरिनेछ ।

उक्त पुरस्कारको राशि ५१ हजार रुपैयाँ छ ।

LEAVE A REPLY