Home मुख्य समाचार प्रशासनिक पहुँचका आधारमा स्थाइ राजधानीः उर्जामन्त्री पुन

प्रशासनिक पहुँचका आधारमा स्थाइ राजधानीः उर्जामन्त्री पुन

98
0
SHARE

दाङ, १० फागुन । उर्जा तथा जलश्रोत मन्त्री बर्षमान पुनले पांच नंवर प्रदेशका ४५ लाख जनताहरुको प्रशासनिक पहुंच पुग्ने उपयुक्त स्थानमा प्रदेशको स्थाइ राजधानी तोकिने बताउनुभएको छ । रिपोटर्श क्लव नेपाल, दाङले शुक्रवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले शो कुरा बताउनुभएको हो । त्यसकालागी जनमत बुझने काम समेत प्रदेश सांसदहरुबाट सुरु भैसकेको पनि उहाले दावी गर्नुभयो ।‘म बांके बर्दियामा पटक पटक घुमें, उहांहरुले आफुहरुलाइ पायक पर्ने स्थानमा राजधानी नभए पांच नंवर प्रदेशबाट छुट्टिने समेत बताइसक्नु भएको छ, त्यसैले प्रदेशका ४५ लाख जनताको मनोभावनालाइ समेटेर स्थाइ राजधानी तोकिन्छ’—पत्रकार सम्मेलनमा मन्त्री पुनले भन्नुभयो । राजधानीको नामाकरण र स्थाइ राजधानीको टुंगो लगाउन प्रदेश सभाले उपयुक्त निर्णय गर्नेमा ढुक्क रहन पनि आग्रह गर्नुभयो । त्यसै अवसरमा मन्त्री पुनले संघियता कार्यन्वयनको प्रमुख आधार भनेकै कानुन निर्माण भएकाले सरकारले यो बर्ष अत्यधिक मात्रामा कानुन निर्माणमा समय विताएको बताउनुभयो ।

त्यसै अवसरमा उर्जामन्त्री पुनले एक बर्षभित्र पुरै तुलसीपुर उपमहानगरपालिकामा सहज रुपमा विद्युत सेवा उपलव्ध गराउने दावी गर्नुभयो । ‘सवै स्थानमा विद्युत पु¥याउन सरकार तयार छ, त्यसमा तुलसीपुर उपमहानगरपालिकाले राखेको पचासऔपचास प्रतिसत लगानीको प्रस्तावलाइ पनि सरकारले उत्साहकासाथ पुरा गर्ने छ’—मन्त्री पुनले भन्नुभयो । त्यसैगरी देउखुरी उपत्यकाका नाका क्षेत्रमा समेत सहज विद्युत सेवा उपलव्ध गराउन सरकारले आवस्यक योजना बनाइरहेको समेत दावी गर्नुभयो ।
अर्को प्रशंगमा मन्त्री पुनले राप्ती राजमार्गको स्तरोन्नती गरी भारत—नेपाल—चिन सिमाना सम्मको सडक विस्तार गर्ने योजनामा सरकार रहेको पनि दावी गर्नुभयो । ‘राप्ती राजमार्ग लाइफलाइन हो, यसलाइ चारलेन बनाउने सवालमा सरकार गम्भीर छ’—रिपोटर्श क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रमुख बक्ताका रुपमा समेत रहेका मन्त्री पुनले भन्नुभयो । अहिले यस क्षेत्रमा कहालिलाग्दा दुर्घटनाहरु भैरहेको स्मरणगर्दै मन्त्री पुनले दुर्घटना न्युनिकरणको एक मात्र विकल्प सडकको स्तरोन्नती रहेको पनि बताउनुभयो । त्यसैगरी नेकपामा एकता प्रक्रिया पनि चांडै टुंगिने पनि बताउनुभयो ।

रिपोटर्श क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा कर्णलि प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालिलाइ दाङसंग जोडेर संघिय राजधानी पुग्ने व्यवस्थापन गर्न चांडै तुलसीपुर—हापुरे—सुर्खेत सन्चालनमा आउने दावी गर्नुभयो । ‘यो सडकले कर्णालि प्रदेश, पांच नंवर प्रदेशको राजधानी दाङ र संघिय राजधानी काठमाण्डौलाइ जोड्ने छ, मन्त्री ज्वालाले भन्नुभयो, यो सडक सन्चालनमा आए कर्णालिलाइ राजधानीमा जोड्न ८७ किमि दुरी समेत कम हुने छ ।’ त्यसै अवसरमा मन्त्री ज्वालाले अहिले स्थाइ राजधानीको छटपटि सवैभन्दा बढि बांके र बर्दियालाइ भैरहेको बताउंदै उनीहरुको भावनालाइ संबोधन गरेर स्थाइ राजधानी तोकिनुपर्ने पनि बताउनुभयो । साथै उहांले अमिलिया—तुलसीपुर—रुकुम सडकलाइ स्तरोन्नतीमा पनि संघिय सरकार लागीपर्नुपर्ने बताउनुभयो ।

शो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरको नियमित विद्युत सेवा, नियमित हवाइ सेवाकालागी इन्धन डिपो लगायतका विषयमा संबन्धित मन्त्रालय र विभागहरुमा पहल गरीदिन मन्त्री पुनलाइ आग्रह गर्नुभएको थियो । साथै उहांले सहज विद्युत सेवाकालागी तुलसीपुर उपमहानगरपालिकाले ५० प्रतिसत लगानी गर्न समेत तयार रहेको बताउनुभएको थियो । पत्रकार सम्मेलनको सहजीकरण क्लवका महासचिव विमल गौतमले गर्नुभएको थियो

LEAVE A REPLY