Home मुख्य समाचार भारतीय विमान चालकलाई जेनेभा अभिसन्धी अनुसार रिहा गरिँदै

भारतीय विमान चालकलाई जेनेभा अभिसन्धी अनुसार रिहा गरिँदै

112
0
SHARE

फाल्गुन १७, काठमाडौँ ।
अहिले विश्वको ध्यान पाकिस्तान तर्फ आकर्षित भएको छ । आफ्नो नियन्त्रणमा रहेका भारतीय वायु सेनाका पाइलट अभिनन्दन वर्तमानलाई पाकिस्तानले  आज दिउँसो भारतलाई बुझाउने भएको खबरले पाकिस्तान प्रति सद्भाव जाग्दो देखिन्छ ।

भारतीय वायु सेनाका लेफ्टिनेन्ट कमाण्डर अभिनन्दनलाई भारत र पाकिस्तान सिमान रहेको वाघा(अटरी बोर्डरमा ल्याइने र त्यहाँ जेनेभा अभिसन्धी अनुसार अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिलाई जिम्मा लगाइने भएको छ। उनलाई सीमामा रहेको एकीकृत जाँच चौकी पुर्‌याउने र त्यसपछि करीब दुई बजे घर पुर्‌याइने कार्यक्रम रहेको छ। चालक अभिनन्दनलाई अटारी सीमामा पन्जावका मुख्यमन्त्री अमरिन्दर सिंहले स्वागत गर्नेछन्।

गत बुधबार उनले चलाएको मिग २१ बिसन लडाकु जेटलाई पाकिस्तानी सेनाले खसालेपछि प्यारासुटबाट ओर्लिएका अभिनन्दनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो।

LEAVE A REPLY