Home देश आन्दोलनकारी शिक्षकको तलव रोकिने

आन्दोलनकारी शिक्षकको तलव रोकिने

82
0
SHARE

वद्री नयाँघरे

रामेछाप–२२ फागुन ।
रामेछाप । विभिन्न माग पूरा गराउन सरकारलाई दवाव दिन राहत शिक्षकहरू राजधानी गएपछि खाँडादेवी गाउँपालिकाले आन्दोलनकारी शिक्षकहरूको तलव रोक्का गर्ने भएको छ ।

विद्यालयमा अध्ययनरत वालवालिकाहरुलाई पढाउन छाडेर आन्दोलनका नाममा शिक्षकहरू विद्यालय छाडेर हिडेपछि पालीकाले उनिहरूको तलव रोक्ने भएको हो ।
विद्यालयमा गएर खुरुखुरु बालवालिकाहरुलाई शिक्षा दिनु पर्नेमा त्यसो नगरि वालवालिकाको भविष्य माथि खेलवाड गर्ने शिक्षकहरुलाई कुनै पनि हालतमा तलव भत्ता रोकी आवश्यक कानुनी कारवाही गरिने खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमवहादुर तामाङले जानकारी दिए ।

सरकारले राहात र अस्थायी शिक्षकहरूमाथि प्रहरी लगाएर दमन गरेको विरोधमा खाँडादेवी गाउँपलिका वडा नं–८ मा रहेको भारती माध्यमिक विद्यालयका राहत, अस्थायी, निजिश्रोत लगाएतका सबै शिक्षकहरू विद्यालय नै वन्द गराएर आन्दोलनमा उत्रिएका छन् ।

यसरी विद्यालय नै वन्द गराएर शिक्षकहरूआन्दोलनमा उत्रिएपछि गाउँपालिका भित्र रहेका सवै विद्यालयका प्रधानध्यापकहरुलाई गाउँपालिकाको कार्यालयमा डाकिएको छ । यदि उक्त वैठकमा हुने छलफलमा नआउने र विद्यालय नियमित रुपमा सुचारु नगर्ने शिक्षक माथि कानुन अनुसार कारवाही गरेर देखाउने पनि प्रमुख तामाङले वताए ।

LEAVE A REPLY