Home अचम्म!! भैँसीले पायो ६ खुट्टे पाडो, हेर्नेको भीड

भैँसीले पायो ६ खुट्टे पाडो, हेर्नेको भीड

95
0
SHARE

वद्री नयाँघरे
रामेछाप–२३ फागुन ।
रामेछाप । मन्थली नगरपालिका वडा नं–४ सालुको गैराथोकका किसान बलकबहादुर आलेमगरले पालेको भैसीले ६ खुट्टे पाडो पाएको छ । भैसीले ६ खुट्टे पाडो पाएपछि अहिले उक्त पाडो हेर्न जाने हेरालुको घुइचो नै लाग्ने गरेको छ ।

६ खुट्टे उक्त पाडो अरु ४ खुट्टे पाडो जस्तै उभिने र सहजै भैँसीको दुध खाने गर्दै आएको छ । यसअघि भैसी वा अन्य कुनै पनि घरपालुवा जनावरले ६ वटा खुट्टा भएको बच्चा पाएको नदेखेका गाउँका किसानहरू भैसी र उनको पाडो हेर्न दैनिक घरमा आउने गरेको किसान वलकवहादुरले जानकारी दिए ।

उनले भने– अन्य सपाङ्ग पाडापाडी जस्तै ६ वटा खुट्टा भएपनि उभिने, हिड्ने र आमाको दुध सहजै खाने गर्दै आएको छ । भैसीले ६ वटा खुट्टा भएको पाडो पाएको थाहा पाएपछि गाउँका मात्र हैन अन्य छिमेकी गाउँका किसानहरू पनि पाडो हेर्न आउने गरेको आलेमगरले वताए ।
गाउँमै ६ वटा खुट्टा भएको पाडो भैँसीले पाएको छरे भनेर सुनेर आफू पनि पाडो हेर्न वलकवहादुरको घर पुगेको सालु कविलासका तिर्थवहादुर केसीले जानकारी दिए । उनले भने सुन्दै अचम्म लाग्यो झन् आफ्नै आँखाले ६ वटा खुट्टा भएर पनि सहजै हिड्ेको देख्दा अचम्मीत नै भयौं ।

LEAVE A REPLY