Home देश निवृत्त शिक्षक समाजको संयोजकमा श्रेष्ठ

निवृत्त शिक्षक समाजको संयोजकमा श्रेष्ठ

187
0
SHARE

बद्री नयाँघरे
२६ फागुन   ।
नेपाल निवृत्त शिक्षक समाजको संयोजकमा मन्थली माविका पूर्व–प्राचार्य गुञ्ज बहादुर श्रेष्ठ चयन भएका छन् । शनिबार रामेछापको सदरमुकाम मन्थलीमा निवृत्त शिक्षकहरुको भेलाले श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।

नव गठित तदर्र्थ समितिको उपसंयोजकमा गोपालदाश कर्मचार्य, सचिबमा ढाल विक्रम कार्की, कोषाध्यक्षमा नर कुमारी कटुवाल, सदस्यहरूमा हरि बहादुर श्रेष्ठ, हरि कुमार अधिकारी, विकास कार्की, डिल्ली प्रसाद सुवेदी, पुण्य बहादुर कार्की, शालिग्राम घिमिरे र दामोदर सुवेदी चयन भएका छन् । त्यस्तै भेलाले कृष्णभक्त श्रेष्ठलाई केन्द्रिय प्रतिनिधिमा चयन गरेको छ ।

नव गठित नेपाल निवृत्त शिक्षक समाजले निवृत्त भइसकेका शिक्षकहरुले पेन्सन लिदाँ भोग्दै आएका समस्या, रामेछापको शैक्षिक गुणस्तर लगायतका क्षेत्रमा काम गर्ने संयोजक श्रेष्ठले बताए । समितिले रामेछाप जिल्लामा निवृत्त भइसकेका शिक्षकहरुको तथ्यङ्क संकलनको काम सुरु गरीसकेको पनि संयोजक श्रेष्ठले बताए ।

LEAVE A REPLY