Home मुख्य समाचार आज चैत्र संक्रान्ति, महिमा सहित हेर्नुहोस् आजको दिन, २०७५ चैत्र १ गते

आज चैत्र संक्रान्ति, महिमा सहित हेर्नुहोस् आजको दिन, २०७५ चैत्र १ गते

46
0
SHARE

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल चैत्र महिनाको १ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको नवमी तिथि राति ९।१० बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । आद्र्रा नक्षत्र राति ११।३९ बजेसम्म रहनेछ । यसैगरी आज आयुष्मान् योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।१६ मा छ भने सूर्यास्त बेलुका ६।११ बजे हुनेछ ।

चन्द्रमा मिथुन राशिमा छन् । आज चैत्र महिनाको संक्रान्ति हो । आजबाट सूर्य मीन राशिमा प्रवेश गरेका छन् । संक्रान्तिमा दान पुण्यका कर्म शुभ रहन्छन् । आज पञ्चाङ्गको फल श्रवण गर्नाले गंगा स्नान गरे बराबरको फल प्राप्त हुने गर्दछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY