Home ताजा समाचार अतिलोभ किन गर्नुहुँदैन ? हेर्नुहोस् आजको नीति वचन

अतिलोभ किन गर्नुहुँदैन ? हेर्नुहोस् आजको नीति वचन

99
0
SHARE

लोभमूलानि पापानि संकटानि तथैव च ।
लोभात्प्रवर्तते वैरं अतिलोभात्विनश्यति ।। – हितोपदेश

पापको मूल भनेको लोभ हो । लोभले संकट निम्त्याउनुका साथै शत्रुता पनि बढाउने गर्दछ । त्यसैले अतिलोभ नगर्नू त्यो विनाशको कारण हो ।

लोभ मानवीय गुण हो । लोभ नहुने मानव पनि सायद प्राप्त हुन गाह्रो छ । लोभ भए पनि यसको मात्रा कति भन्ने बारेमा नीतिकारले गहिरो चिन्तन गरेका छन् । अतिलोभ गर्नु हूँदैन भनिएको छ । अति भनेको आफ्ना न्युनतम आधारभूत आवश्यकता पूर्ति भन्दा अधिक हो । लोभले पापकर्ममा प्रवृत्त गराई संकट पनि पैदा गर्दछ । जसले गर्दा एक अर्कामा पनि वैर भाव उत्पन्न हुन सक्छ । त्यसैले अतिलोभ गर्नुहँदैन भनिएको हो । जो विनाशको कारण पनि हो । अतः अतिलोभ विनाशको मूल कारण हो भन्ने नीति वचन मननीय छ । —नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्—

LEAVE A REPLY