Home मुख्य समाचार आज शनिबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन, २०७५...

आज शनिबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन, २०७५ चैत्र २ गते

49
0
SHARE

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल चैत्र महिनाको २ गते शनिबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको दशमी तिथि बेलुका ७।९ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । पुनर्वसु नक्षत्र राति १०।२० बजेसम्म रहनेछ । यसैगरी आज शोभन योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ६।१५ मा छ भने सूर्यास्त बेलुका ६।१२ बजे हुनेछ ।

चन्द्रमा मिथुन राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण गर्नाले शनिजन्य दोष निवारण हुनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY