Home मुख्य समाचार बेहुली लिन गएका युवक खाली हात फर्किए, मण्डपबाट बेहुली नै भागिन्

बेहुली लिन गएका युवक खाली हात फर्किए, मण्डपबाट बेहुली नै भागिन्

202
0
SHARE

बिहार, २७ फागुन । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् ।

रिन्की कुमारी र बब्लु कुमारबीच शनिबार विवाह गर्ने तय भएको थियो । “बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगेँ भन्ने समेत पत्तो हुँदो रहेनछ,’ केटीका बाबु त्रिभुवन साहले भन्नुभयो, ‘बिहेमण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।”

नातेदारहरुका अनुसार, बिहेमण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन् । बिहेका अरू संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् । त्यही भएर, बेहुलीले मण्डप छाडेर भागिन् ।”

दुवै परिवारले बिहेका लागि कुमारीलाई राजी गराउने प्रयत्न गरेका थिए, तर उनी सहमत भइनन् । अन्त्यमा, गाउँलेहरुले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएका थिएनन् ।

भारतका बिहार र उत्तर प्रदेशका ग्रामीण इलाकामा बर्सेनि अवैध मदिरा सेवनबाट मानिसहरुको मृत्युसमेत हुने गरेको छ ।

LEAVE A REPLY