Home खेल सगरमाथा एजुकेसनल एकेडेमीले गल्स फुटसल आयोजना गर्ने

सगरमाथा एजुकेसनल एकेडेमीले गल्स फुटसल आयोजना गर्ने

147
0
SHARE

-नारायण सापकोटा-

सगरमाथा एजुकेसनल एकेडेमीले फाल्गुन ३० गते देखि चैत २ गते सम्म गल्र्स फुटसलको पहिलो संस्करण आयोजना गर्ने भएको छ ।

काठमाडौं महानगरपालीका ६ सरस्वतीनगर स्थित रहेको सगरमाथा एजुकेशनल एकेडेमीले अन्तर विद्यालय र्गल्स फुटसल प्रतियोगीता पहिलो पटक आयोजना गर्न लागेको एकेडेमीले जनाएको छ । धुम्बाराही स्थित धनवन्तरी फुटसलमा हुने प्रतियोगीतामा उपत्यकाका २४ विद्यालयहरुको सहभागीता रहने छ भने अभिभावकहरुको मनोरञ्जनात्मक फुटसल प्रतियोगीता समेत गरिने पत्रकार सम्मेलन गरेर विद्यालयका प्रिन्सिपल पुष्पराज सिंखडाले बताए ।

प्रतियोगितामा प्रथम , द्धतिय र तृतीय हुने टिमलाई क्रमश १५००० ।– ,८००० ।– , ५००० ।– हजार नगद पुरस्कार सहित शिल्ड, मेडल, र प्रमाणपत्र प्रदान गरिनुका साथै बेस्ट स्कोर, बेस्ट प्ले, बेस्ट कोच, लाई पनि ट्रफी सहित प्रमाण पत्र प्रदान गरिने समेत सिंखडाले जानकारी दिए । २०६० सालमा स्थापित शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान गरेको सगरमाथा एजुकेसनल एकेडेमीले समाज रुपानतरणमा शिक्षाको साथै अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएको छ ।

LEAVE A REPLY