Home मुख्य समाचार आज आमलकी एकादशीव्रत, महिमा सहित हेर्नुहोस् आजको दिन, २०७५ चैत्र ३ गते

आज आमलकी एकादशीव्रत, महिमा सहित हेर्नुहोस् आजको दिन, २०७५ चैत्र ३ गते

91
0
SHARE

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल चैत्र महिनाको ३ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको आमलकी एकादशी तिथि बेलुका ४।५६ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । तिष्य नक्षत्र राति ८।४९ बजेसम्म रहनेछ । यसैगरी आज अतिगण्ड योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ६।१४ मा छ भने सूर्यास्त बेलुका ६।१२ बजे हुनेछ ।

चन्द्रमा कर्कट राशिमा छन् । आज आमलकी एकादशीव्रत परेको छ । फागुन शुक्ल एकादशीलाई आमलकी भनिन्छ । ब्रह्माजीको उत्पत्तिसँगै सर्वप्रथम भगवानले अमलाको सृष्टि गर्नुभयो । आमलकको अर्थ पनि अमला भन्ने हुन्छ । अमलाको वृक्षका प्रत्येक अंगमा भगवानको वास रहने गर्छ । आज अमलाको विशेष पूजा हुँने गर्दछ । स्वर्ग र मोक्षको कामना गर्नेका निम्ति यो उत्तम दिन हो ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY