Home अर्थवाणिज्य साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालकाे विजयी सुरुवात

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालकाे विजयी सुरुवात

86
0
SHARE

विराटनगर– पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोजक नेपालले विजयी सुरुवात गरेको छ ।

विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो । मध्यान्तरसम्म दुई गोल गरेको नेपालले मध्यान्तरपछि थप एक गोल गरेको हो ।

नेपालको जितमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले योगदान गरे । खेलको १३ औं मिनेटमा मञ्जलीको गोलमा नेपालले अग्रता लिएको थियो । १६ औं मिनेटमा सावित्रा भण्डारीले गोल थप्दै नेपालको अग्रता दोब्बर पारिन् ।

नेपालले पहिलो हाफमा एकपछि अर्को गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । सावित्रा भण्डारीले खेलको ४२औं मिनेटमा राम्रो अवसर गुमाइन् । उनले वान भर्सेस् वानको अवस्थामा पनि गोल गर्न चुकिन् ।

त्यस्तै, पहिलो हाफको अन्तिम समयमा अनिता बस्नेतले प्रहार गरेको बल भुटानका गोलरक्षकले बचाएकी थिइन् । खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी थिइन् । उनले सावित्राको हेडर बललाई गोलमा परिणत गरेकी थिइन् ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा १६ तारिखमा बंगलादेशसँग खेल्दै छ । आजको खेलमा भुटानले भने एकपटक पनि नेपालको पोस्टमा प्रहार गर्न सकेन ।

LEAVE A REPLY