Home देश सहरी स्वास्थ्य इकाई कार्यालयको उद्घाटन

सहरी स्वास्थ्य इकाई कार्यालयको उद्घाटन

53
0
SHARE

पल्मु शेर्पा / संखुवासभा । संखुवासभाको खहरे बुद्धचोकमा शहरी स्वास्थ्य इकाई कार्यालयको उद्घाटन भएको छ । पाँचखपन नगरपालिकाको वडा नं. १ को दुर्गम गाउँमा नगरपालिका मेयर विपिन राईले एक समारोहका वीच मंगलवार कार्यालय उद्घाटन गर्नुहुँदै स्वास्थ्य सेवा स्थानीय गाउँवस्तीमा नै पुर्याउन नगरपालिका सफल भएको छ ।

सिटामोल र सामान्य प्राथमिक उपचारका लागि त्याहाका स्थानीयवासीहरु घण्टौ पैदल हिडेर स्यावुनको टाइगर चोकमा रहेको स्वास्थ्य चौकी या सभापोखरीको बाह्रविसेबजारमा रहेको स्वास्थ्य चौकीसम्म जानुपर्ने वाध्यतालाई चिर्दै स्थानीय सरकारले नगरवासीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उदेश्यका साथ यो स्वास्थ्य संस्थाको स्थापना गरिएको मेयर राईले जानकारी दिनुभयो ।

कार्यक्रममा पाँचखपन नगर स्वास्थ्य प्रमुख राजकुमार यादवले नगरभरीको स्वास्थ्य सेवामा नगर स्वास्थ्य शाखा स्थानीय सरकारलाई सहयोग गर्न लागि पर्ने वताउनुभयो । उद्घाटन कार्यक्रमको अवसरमा पाँचखपन नगरपालिका वडा नं १ का वडाध्यक्ष टेकबहादुर बुढाथोकीले यस गाउँमा स्वास्थ्य संस्थाको स्थापना गरेर दुरदराजमा बसेका सर्वसाधरण जनताहरुको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्न यो कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा आम वडावासी नागरिकलाई स्वास्थ्य सेवा लिन आउन अग्रह गर्नु भयो ।

स्वास्थ्य संस्था स्थापना भएपछि त्यस संस्थामा नियुक्ति पाएकी स्वास्थ्य कर्मी मन्दिरा कठेतले भनिन्–स्वास्थ्य क्षेत्र जस्तो महत्वपूर्ण पेशामा मानविय सेवा गर्ने सोचका साथ आफु यस क्षेत्रमा लागेकी हुँदा यहाका स्थानीय जनताहरुको स्वास्थ्य उपचारकालागि प्रतिवद्ध भएर खट्ने समेत बताउनुभयो ।

LEAVE A REPLY