Home खेल एसियाली युथ एथ्लेटिक्समा नेपालका अजितकुमारले जिते स्वर्ण

एसियाली युथ एथ्लेटिक्समा नेपालका अजितकुमारले जिते स्वर्ण

74
0
SHARE

काठमाडौं, ३ चैत । नेपालका अजितकुमार यादवले तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । हङकङमा आइतबार ३ हजार किलोमिटर दौडमा अजितले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा यो नेपालको पहिलो स्वर्ण समेत हो । अजितकुमारले निर्धारित दूरी ८ मिनेट ३०ः३२ सेकेन्डमा पार गर्दैै स्वर्ण पदक जितेका हुन्। नेपालले युथ एसियाली खेलकुदमा स्वर्ण जितेको यो नै पहिलो पटक हो। स्वर्ण पदक जित्ने क्रममा अजितकुमारले भारतका अमित जानगिन र यमनका गुमिल अल हमातीलाई पछि पारेका थिए।

दोस्रो भएको भारतका अमितले ८ मिनेट ३६ मिनेट ३४ सेकेण्डको समय निकाल्दा तेस्रो भएका यमनका गुमिल अल हमातीले ८ मिनेट ३८ मिनेट ६० सेकेण्डको समय निकाले । तियोगितामा सहभागिता जनाउन अजित र उनका प्रशिक्षक धनीराम चौधरी शुक्रबार हङकङ गएका थिए।

LEAVE A REPLY