Home कला/साहित्य निरन्तर शनिबारमा शीतल कादम्बिनी

निरन्तर शनिबारमा शीतल कादम्बिनी

185
0
SHARE

काठमाडाैं, १६ चैत । निरन्तर शनिबारकाे नियमित रचना वाचनकाे यस पटककाे शृङ्खलामा अतिथिका रूपमा गीतकार/गजलकार शीतल कादम्बिनीलाई निम्त्याइएकाे थियाे । शास्त्रीय छन्दकाे कविता सुमधुर स्वरमा वाचन गर्दै आफ्नाे प्रस्तुति सुरु गरेकी कादम्बिनीले नेपालगन्जदेखि चितवन हुँदै काठमाडाैँसम्मकाे साङ्गीतिक यात्राका आफ्ना राेचक अनुभवहरु र अनुभूतिहरु सुनाउनु भयाे।

‘कादम्बिनी’ एल्बम आउनुभन्दा पहिले नै आफ्ना केही गीतहरु रेकर्ड भएकाे भए पनि आफू नाेटिस हुन नसकेकाे र पछि ‘कादम्बिनी’ एल्बमका गीत/गजलहरुले आफूलाई चिनाएकाे उहाँले बताउनु भयाे । त्यसपछिका एल्बमहरु ‘शीतल’ र ‘निर्झरी’ले पनि राम्रै चर्चा बटुलेकाेमा खुसी व्यक्त गर्नुभयाे । त्यसै क्रममा उहाँले- कहाँ थियाै तिमी रङ्गमञ्च उठेपछि आयाै, धेरै चाेटि मरे म त, गयाे रात के भाे, बनायाै तिमीले बहाना अनाैठाे र झुमा झुम्कावाली लगायतका गीत/गजलहरु गुनगुनाउनु भयाे । कार्यक्रममा सुदर्शन शर्मा, इन्द्र लम्साल, पदम दाहाल, केवल कार्की, रन्जिता गिरी, टेकराज अवस्थी, एपी सुमन, शैलेन्द्र शर्मा गाैडेल, साेझाे गाउँले लगायतले आआफ्ना रचना(कविता, गीत, गजल, मुक्तक)हरु सुनाएका थिए । कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएकाे थियाे र उक्त कार्यक्रम रेडियाे अन्नपूर्ण ९४ मेगाहर्जबाट प्रसारण गर्नका लागि रेकर्ड पनि गरिएकाे थियाे ।

LEAVE A REPLY