Home ताजा समाचार “अर्को जुनी” युट्युबको ट्रेन्डिङमा पहिलो नम्बरमा

“अर्को जुनी” युट्युबको ट्रेन्डिङमा पहिलो नम्बरमा

212
0
SHARE

चैत १८, काठमाडौ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुश्मान देशराज जोशी अभिनित “अर्को जुनी खै कुन्नी….” गीत युट्युबको ट्रेन्डिङमा पहिलो नम्बरमा आएको छ ।

बिहीबारमात्रै रिलिज भएको गायक सरोज ओली र मेलिना राईको उक्त गीतले युट्युबमा सबैलाई उछिनेको हो । दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।

कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायांकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिश फागोले गरेका हुन् ।

वैवाहिक कार्यका विविध दृश्यहरु म्यूजिक भिडियोमा समेटिएको छ । मेहन्दी, हल्दीदेखि विवाह मण्डपदेखि प्रियंकालाई आयुश्मानले डोलीमा चढाएर लगिएका दृष्य म्यूजिक भिडियोमा छ ।

LEAVE A REPLY