Home मुख्य समाचार आज ६२ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम गरी मनाइदै

आज ६२ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम गरी मनाइदै

136
0
SHARE

काठमाडौं, २० चैत । आज ६२ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । सरकारले सहकारी मार्फत मुलुकलाई समृद्ध बनाउने योजना अघि सारेको छ । सहकारी दिवस मनाइरहँदा भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीको सङ्ख्या घटाउने र गाभ्ने योजना ल्याएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयकाअनुसार अब सहकारी गाउँ केन्द्रीत भएर सम्बृद्ध बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने हुनेछन् । अहिले रहेका ३४ हजारभन्दा सहकारीलाई ५ वर्षमा आधामा झार्ने पनि सरकारको योजना रहेको छ । सहकारीलाई क्षेत्र विभाजन गरे उत्पादनमा लगाउने सरकारको तयारी छ । सरकारले अबको २ वर्षभित्र ७७ वटै जिल्लामा कृषि बजारको व्यवस्था पनि गर्ने भएको छ ।

LEAVE A REPLY