Home अर्थवाणिज्य ६ किलो सुनसहित ४ भारतीय पक्राउ

६ किलो सुनसहित ४ भारतीय पक्राउ

100
0
SHARE

काठमाडौं, २१ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूको परिचय भने गोप्य राखिएको छ ।

उनीहरू थाई एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएका प्रहरीले बताएको छ । बरामद सुन गहनाको रुपमा ल्याइएको थियो ।

प्रहरी स्रोतका अनुसार सुन सक्कली हो या होइन भन्ने जाँच्नलाई पठाइएको छ । सोमध्ये ४ सय ९७ दशमलब ६५ ग्राम सुन सक्कली भएको बाँकीको परीक्षण हुँदै गरेको प्रहरीस्रोतको भनाइ छ ।

३३ किलो सुनकाण्डको खुलासासँगै केही समय सुस्तता आए पनि तस्करले विभिन्न तरिका अपनाएर सुन भित्र्याउने क्रम अझै जारी छ । ३३ किलो सुन काण्डमा अहिले सरकार मौन छ ।

LEAVE A REPLY