Home खेल ओलम्पिक महिला छनोट फुटबलमा नेपाल भारतसँग पराजित

ओलम्पिक महिला छनोट फुटबलमा नेपाल भारतसँग पराजित

148
0
SHARE

काठमाडौं, २३ चैत । शनिबार भएको ओलम्पिक महिला छनोट फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले नेपालमाथि ३–१ गोल अन्तरको जित निकालेको हो ।

विराटनगरमा सम्पन्न साफ महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो । एक महिनाभित्र भारतसँग नेपालको यो दोस्रो हार हो ।

ओलम्पिक छनोटमा बराबरी खेलेको नेपालले भारतमै भएको हिरो गोल्डकपमा हराएको थियो । तर, घरेलु मैदानमै भएको साफ च्याम्पियनसीपमा नेपालले भारतलाई रोक्न सकेन ।

म्यानमारमा भएको खेलको छैटौँ मिनेटमा नेपालकी पुनम जर्गा मगरले गरेको आत्मघाती गोलबाट भारतले अग्रता लिएको थियो । तर, एक मिनेट नवित्दै निरु थापाले बराबरी गोल गरिन् ।

पहिलो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन, तर दोस्रो हाफमा भारत हावी भयो ।

६०औँ मिनेटमा २–१ को अग्रता लिएको भारत ७८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ३–१ ले विजयी भयो ।

LEAVE A REPLY