Home कला/साहित्य “मोडिएको बाटो“ पुस्तकमाथि अन्तरक्रिया

“मोडिएको बाटो“ पुस्तकमाथि अन्तरक्रिया

152
0
SHARE

चैत २५, काठमाडौँ ।
चर्चित लोक गायक खड्ग गर्बुजाको आत्मकथा “मोडिएको बाटो“ पुस्तकमाथि अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रममा खड्ग गर्बुजाले आफूले राम्रो कुरा बाहिर आउन् नराम्रो कुरा भित्रै लुकुन् भन्ने प्रकारको पुस्तक पढिरहेको वर्तमान समयमा आफूले भित्र जे छ त्यही देखाएर किताब लेखेको बताए ।”

जीवनमा दुर्घटनाको कारण आफ्नो खुट्टा नचल्ने भएर ह्वील चेयरमा हिँडनुपर्ने भए पनि आफू अविरल लोक संगीतमा लागेको बताए ।“ जीवनको मोडमा अफिसको खान खाने पैसा नहुँदा राजधानीमा दुःख पाएको, यौन जीवन, गायन जीवनलगायतका कुरा पुस्तकमा ल्याएको र जे–जस्तो हुँदा पनि गायन आफूसँगै शरीरजस्तै हिँडेको छ ।”

लेखन कुञ्जमा भएको कार्यक्रममा पुस्तकका सम्पादक अमृत दाहालले पुस्तकको उत्पत्ति फरक क्षमताका बाबजुद लडिरहेको देखेर खड्ग गर्बुजाको सम्पादन गरेको बताउनुभयो । “ बजारमा अहातों पुलिन्दा बनेको बायोग्राफÞीभन्दा नितान्त फरक छ , प्रेरणादायी कुरा पुस्तकमा समेटिएको छ ।”

घोष्टराइटिङ नेपालको सम्पादक टंक पन्तले राज्यले माया गर्ने राज्यका लागि चाहिने व्यक्तिको पुस्तक मोडिएको बाटोमा आएको बताउनुभयो ।

प्रकाशक घोष्ट राइटिङ नेपालले प्रत्येक मान्छे पुस्तक भएको र त्यसका लागि आफू लागिरहेको र खड्ग गर्बुजाको पुस्तकले ग्लुकोजकै काम गर्ने बताए ।

फरक क्षमताका लेखक खड्ग गर्बुजाले फरक क्षमताका मान्छेलाई नेपालमा भएको दुःखको बारेमा प्रस्ट पार्नुभएको थियो । “ हामी आफ्नो ढङ्गमा बाँचेर आफूले अरूलाई पाल्न सकिने अरूको भर पर्नु नपर्ने यसले देखाउँछ ।”

LEAVE A REPLY