Home देश आँखा शिविरवाट एघार सय लाभान्वित

आँखा शिविरवाट एघार सय लाभान्वित

80
0
SHARE

बैतडी, २७ चैत । बैतडीको सुर्नया गाउँपालिकाको विभिन्न स्थानमा जारी निःशुल्क आँखा शिविरवाट एक हजार १०० बढी नागरिक लाभान्वित भएका छन् । सतबाज, मोतीनगर र रौलेश्वरमा सम्पन्न निःशुल्क आँखा शिविरवाट एक हजार ११८ ले सेवा लिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो ।

जसमा १४७ को मोतीविन्दुको समस्या देखिएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ । शल्यक्रियाका लागि पनि गाउँपालिकाले केही दिनमै निःशुल्क शिविर सञ्चालन गर्ने जनाएको छ । साथै शिविरमा निःशुल्क आँखा जाँच साथै औषधि र चश्मा पनि निशुल्क वितरण गरिएको छ ।

ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा आँखासम्बन्धी सेवा दिने उद्देश्यले चैत २१ गतेदेखि सतबाजबाट शुरु भएको शिविर मङ्गलबार सम्पन्न भएको हो ।

सुर्नया गाउँपालिका, च्यारिटी हेल्थ फाउण्डेशन नेपाल र धनगढी नेत्रालय प्रालिको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएका हो । स्वस्थ आँखा सुन्दर संसार, मोतीविन्दुरहित सुर्नया अभियानमा शिविरले सहयोग पु¥याउने विश्वास गरिएको छ ।
रासस

LEAVE A REPLY