Home देश पर्यटकमय भयो मन्थली विमानस्थल

पर्यटकमय भयो मन्थली विमानस्थल

221
0
SHARE

-वदी नयाँघरे-

रामेछाप  । लामो समय देखि सुनसान जस्तै रहेको मन्थली विमानस्थलमा यतिखेर बिदेशी पर्यटकको आँगमनले भरिभराउ भएको छ ।
नेपाल सरकार पर्यटन मन्त्रालयले काडठमाण्डौंको त्रिभुबन बिमानस्थलको धावनमार्ग मर्मत सम्भारको कामको शुरुवात २ महिना सम्मका लागि सुरुवात गरेपछि भएसँगै राजधानी काठमाण्डौं विमानस्थलवाट उडान हुने पुर्वको सोलुखुम्वुको लुक्ला तर्फको उडान मन्थली विमानास्थल वाट आरम्भ गरेपछि रामेछापको विमानस्थल पर्यटकले भरिएको हो ।
हिउँदे मौसमको शुरुवात सँगै विदेशी पर्यटकहरुका हिमाली क्षेत्रको सुन्दर भुभागहरु र सगरमाथा सहित खुम्बु क्षेत्रमा रहेका हिमालहरु अवलोकन र आरोहण तथा अवलोकलन गर्न आउने क्रम वढेसंगै पर्यटकहरुको सहजजताका लागि चारवटा प्राइभेट एयरलाइन्सहरुले दैनिक उडान भर्दै आएका छन् । अहिले तारा एयरलाइन्स, सिता एयरलाइन्स, समिट एयरलाइन्स लगाएतका एयरलाइन्सहरुले दैनिक २५ देखी ३५ वटा उडान गर्दै आएका छन् ।

राजधानी काठमाण्डौंवाट विपी राजमार्ग हुँदै १ सय २६ किलोमिटरको दुरीमा रहेको मन्थली विमानस्थल आउन विदेशी पर्यटकहरु अहिले विहान ३ वजे काठमाण्डौंवाट विभिन्न ट्राभलएजेन्सी मार्फत ४ घण्टामा आइपुग्ने र विहान ७ वजे सोलुखुम्वु पुगिसक्ने गरेका छन् भने केही पर्यटकहरु सदरमुकाममा नै बाँस वसेर भोलिपल्ट मात्र सोलुखुम्वु तर्फ जान्छन । यसरी पर्यटन सिजनसँगै पर्यटकहरु आउन थालेपछि सदरमुकाम मन्थलीका होटल यतिखेर पर्यटकहरुले भरिभराउ हुने गरेको छ ।
विदेशी पर्यटनको आँगमनसँगै मन्थलीमा रहेका ठूला होटलहरु जिएस होटल, लालु होटल, होटल पाहुनाघर लगाएतका होटलहरु यतिखेर विदेशी पर्यटकले भरिभराउ भएका छन् । हामीले तीन महिनाको लागि विदेशीले होटल बुक गराएकाले यतिखेर व्यापार पनि राम्रो भएको जिएस होटलका संचालक गणेश थपलियाले वताए । अहिले होटलहरुमा अन्य पाहुनाको तुलनामा विदेशी पाहुना मात्र भेटिन्छन् । त्यस्तै अघिपछि विदेसी कम हुने यस क्षेत्रमा अहिले मन्थली विमानस्थल देखी मन्थलीको देवकोटा चौकसम्म विदेशी पर्यटकहरु पैदल हिडिरहेको बाँक्लै भेटिन्छन् ।

मन्थलीमा विदेशी पर्यटकहरु राख्नका लागि होटल अपुग भएपछि राजधानी काठमाण्डौं देखी गाडीमा मन्थली आउने र प्लेन मार्फत सोलुखुम्बु तर्फ जाने र सोलुखुम्वुवाट प्लेनमा मन्थली विमानस्थलमा आएका पर्यटकहरुलाई पुनः गाडी मार्फत राजधानी काठमाण्डौं तर्फ जाने गर्दा यतिखेर विमानस्थलमा जहाज मात्र नभएर त्यतीकै मात्रामा विदेशी पाहुनालाई लिन आउने गाडीको संख्या पनि वढेको छ ।

मन्थली विमानस्थलवाट २० देखी २२ मिनेटमा सहजै सोलुखुम्वु पुगिने भएकाले प्राइभेट एयरलाइन्सहरुले दैनिक विहान उडान भर्दै आएका छन् । सोलुखुम्वु विमानस्थलको मौसम छिनछिनमा फेरबदल हुने भएकाले अहिले विहानभर उडान भइरहेको नेपाल नागरिक उडड्यन प्राधिकरण रामेछापका स्टेसन प्रमुख अमितकुमार चौरसियाले जानकारी दिए । उनले भने– माठमाण्डौं विमानस्थलवाट ३५ मिनेटमा पुगिने सोलुखुम्वु विमानस्थल मन्थलीको विमानस्थलवाट छोटो समयमा नै पुग्न सकिने हुँदा एकातिर विदेशी पर्यटकलाई समयको वचत अर्को तर्फ काठमाण्डौं विमानस्थलको जस्तो ट्राफिक जाम नहुँने हुँदा चाडो चाडो उडान भर्न सहज हुने भएकाले मन्थली विमानस्थलवाट दैनिक ५० उडानसम्म भर्न सकिने बताए ।

LEAVE A REPLY