Home देश दुई महिला र असाहायलाइै अध्यक्षले गरे उद्धार

दुई महिला र असाहायलाइै अध्यक्षले गरे उद्धार

134
0
SHARE

मन्थली । सदरमुकाम मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति गराउन आएका दुई महिला र एक जना असहायलाई मन्थली १ का वडा अध्यक्ष एवं प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका अध्यक्ष नारायणदास श्रेष्ठले उद्धार गरेका छन् । प्रसुति व्यथा लागेर जटिल प्रकृतिको शल्यक्रिया गर्नु पर्ने भएपछि खर्चको अभावमा बसेका ती दुई महिलाको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका अध्यक्ष नारायणदास श्रेष्ठले उद्धार गरेका छन् ।

प्रसुति व्यथा लागेर सुरक्षित तरिकाले सुत्केरी गराउने गरि अस्पताल आएका रामेछाप नगरपालिका–८ भोर्लेकी २८ वर्षिया सरिता भुजेल र खाँडादेबी गाउँपालिका–४ पकरबासकी ३० वर्षिय सरिता नेपालीको शल्यक्रिया नै गर्नुपर्ने भएकाले मन्थलीमा सम्भव नभएपछि उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले काठमाण्डौं रिफर गरेको थियो । अस्पताले काठमाण्डौं रिफर गरेता पनि पैसाको अभावले एम्वुलेन्सलाई तिर्ने पैसा नभएपछि दुवै महिला अस्पतालमै बसेका थिए । महिलाको समस्याको वारेमा प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका डा.प्रदिप सिवाकोटीले स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठलाई जानकारी गराएपछि उनले आफ्नो व्यक्तिगत खर्चमा ती दुई महिलालाई धुलिखेल अस्पतालसम्म पठाएका हुन् ।

यसैगरि दुई दिन अघि तामाकोशी सेवा समितिमा वेवारिसे अवस्थामा एक बृद्ध विरामी भएर अचेत अवस्थामा फेला परेपछि उनले ती बृद्धलाई व्यक्तिगत खर्चमा उपचार गराएर थप उपचारको लागि जिल्ला अस्पताल रामेछाप पठाएका थिए । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका अध्यक्ष श्रेष्ठ मन्थली नगरपालिका वडा नं १ का निर्वाचित वडा अध्यक्ष समेत हुन् । उनले आफ्नो निजी लगानीमा मन्थलीको देवकोटा चोकमा रामेछाप अस्पताल समेत संचालन गरेका छन् । अस्पतालमा आउने बृद्धबृद्धा, अपाङ्ग, एकल महिला र गरिव व्यक्तिहरुलाई उनले धेरैपटक निःशुल्क उपचार समेत गराएर पठाउने गरेका छन् ।

LEAVE A REPLY