Home मुख्य समाचार नौ सूत्रीय मागसहित राजपाद्वारा आन्दोलन घोषणा

नौ सूत्रीय मागसहित राजपाद्वारा आन्दोलन घोषणा

146
0
SHARE

काठमाडौं, २७ चैत । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नौ सूत्रीय माग राखेर आन्दोलन घोषणा गरेको छ । संघीय सरकारबाट समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा राजपा आन्दोलनमा उत्रिएको हो ।

राजपाले जिल्ला समितिलाई पत्राचार गर्दै आन्दोलनमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको । नौ सूत्रीय मागमा, संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीहरुलाई तत्काल रिहाई गर्नुपर्नेलगायत माग समेटिएको छ ।

राजपाले आन्दोलनकारीमाथिको मुद्दा फिर्ता गर्नुपर्ने, जन्मसिद्ध नागरिककका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्नुपर्ने, लाखौँ नेपाली नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र बन्द गर्नुपर्ने, भ्रष्टाचारी, कालोबजारी, महँगी, बेरोजगारी अन्त्य गर्नुपर्ने, राष्ट्रिय एकता र अखण्डतालाई कमजोर पार्ने काम बन्द गर्नुपर्ने र राज्य आतंक तथा लोकतन्त्रविरोधी गतिविधि बन्द हुनुपर्ने माग राखेको छ ।

राजपा अध्यक्ष मण्डलीका संयोजक शरदसिंह भण्डारीले जिल्लाहरूमा प्रेषण गरेको पत्रमा चैत २९ गते प्रदर्शन गर्न भनिएको छ । प्रदर्शनका दिन प्रदर्शन र कोणसभा किन ? भन्ने शीर्षकमा माग लेखी पर्चा छपाएर वितरण गर्न समेत निर्देशन दिइएको छ ।

LEAVE A REPLY