Home खेल प्रदेश स्तरीय चैनपुर मेयर गोल्डकपमा धर्मदेवीलाई उछिन्दै उर्लावारी

प्रदेश स्तरीय चैनपुर मेयर गोल्डकपमा धर्मदेवीलाई उछिन्दै उर्लावारी

86
0
SHARE

-पेमाल्हमु शेर्पा-

संखुवासभा । संखुवासभाको चैनपुरको रंगशालामा भएको १ नं. प्रदेश स्तरीय दोस्रो मेयर गोल्डकप फुटवल प्रतियोगिता सोमबार भएको खेलमा उर्लावारी नगरपालिका मोरङले ३–० ले धर्म देवी नगरपालिकालाई हराउदै अघि बढेको छ ।हिजाे भएको पहिलो चरणको पहिलो खेल दुहवी नगरपालिका सुनसरी र म्याङलुङ्ग नगरपालिका तेह्रथु वीच हुने भनिए पनि दुहवी आफ्नो निर्धारित समयभित्र सहभागी हुन नसक्दा म्याङलुङ्ग नगरपालिका स्तह पछिल्लो खेलको लागि छनौटमा परेको छ भने आजै भएको दोस्रो खेल धर्ममदेवी नगरपालिकालाई ०–३ ले उर्लावारी नगरपालिकाले उछिन्दै पछिल्लो खेलको लागि छनौट वन्न सफलभएको छ ।सो खेलमा म्यानअफ द म्याच सनम भुजेल घोषित भएको थियो ।
टाइसीट अनुसार पहिलो चरणको खेल समाप्त भइसकेको र भोलिमंलबार संखुवासभाको खाँदवारी नगरपालिका भर्सेस उदयपुरको कटारी नगरपालिका अर्को खेल संखुवासभाकै पाँचखपन भर्सेस चैनपुर नगरपालिकावीच खेल हुने आयोजकमूल समारोह समितिका सदस्य सचिव टंक रोक्काले वताउनुभयो ।

“खेलकुदमार्फत पर्यटन,पहिचान, प्रगति र गरीमाः समृद्धि र एकताको लागि फुटवल चैनपुर नगरीमा”भन्ने मुलनाराका साथ प्रतियोगितामा संखुवासभाका ५ नगरपालिका सहितप्रदेश नं. १ भरीका९ वटा जिल्लाबाटविभिन्ननगरपालिकाका खेलाडीहरु खेलमाप्रतिस्पर्धागर्दै १३ वटा नगरपालिकाका खेल प्रतियोगितामा सहभागीभएका छन् । चैनपुर नगरपालिकाको ३५ लाखको लागत र अन्य संघ संस्थाहरु सँग समेत चन्दा संकलन गरेर ४५ लाखको लागतमा यो फुटवल प्रतियोगिता चैत्र ३० सम्ममा सम्पन्नगर्ने आयोजक समितिले जनाएको छ । प्रतियोगितामाविजयीहुने नगरपालिकाकाहरुलाई प्रथम स्थान हासिल गर्ने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५ , द्धितीय हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थानएवं सेमीफाइनलमा पराजितहुने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित मेडल,कप र प्रमाणपत्रले पुरस्कृत गरिने समेत जनाइएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई रु.१५ हजार, उत्कृष्ट गोलरक्षकलाई १० हजार र प्रत्येक खेलमाम्यानअफ द म्याच घोषित खेलाडीलाई ५ हजार नगद सहित पुरस्कृत गरिने जनाइएको छ ।