Home कला/साहित्य “विदाको दिन”

“विदाको दिन”

376
0
SHARE

 

– सविता गौतम दाहाल-

पहिला पहिला हरेक विदा
तिमी संझन्थे
र भन्थे संझनामा छु
तिमीसंग बोल्न मन लाग्थ्यो
तिमी सुन्न मन हुन्थ्यो
संगै घुम्ने वा वस्ने रहरले
पागल बनाउंथ्यो ।

बेवास्ताको चरम अनुभव छ मस‘ग
व्यस्तताको मीठो दर्द घोलेर पिएको छु
प्रयासको अथाह नदी छरिएर सुक्यो
बहुलाएर वाटा वाटा चांहि हिडिन
कसैले थाहा नपाउने गरि
मनको बाटामा कैयांै पटक
पछारिएं , टाउको ठोकें
बेहोस भएं, रगत पच्छे भएं
चुपचाप चुपचाप ती सबै ओवाए ।

अचेल,
विदाको दिन
संझिए ,सम्हालिन्छु , कुनै पत्राचार गर्दिन
पागलपनको हदसम्म पुग्ने
इन्धननै कतै निकै गहिरो पुरिदिएको छु
सामान्य हुने यात्रामा
सिर्जनासंगको प्रेम कम हुदोरहेछ
तीब्रता घटेर
हर पल शान्त शान्त भएको छु ।

मनपर्ने उज्यालोको संगत नपाएपछि
ज्ञानको एउटा प्रिय ज्योति आफूतिर नआएपछि
अन्य थुप्रै उज्यालाले
खोजेको थाहा पाए
जीवनको प्रिय वाटोमा नभएपनि
अरुको प्रिय छु
विदाहरु अचेल
पुस्तक र माया दिनेहरुस‘ग वित्छ ।

LEAVE A REPLY