Home मुख्य समाचार पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट एकजनाको मृत्यु

पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट एकजनाको मृत्यु

206
0
SHARE

काठमाडौं, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको छ । पूर्वराजालाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट ती व्यक्तिको मृत्यु भएको हो । गाडीको ठक्करबाट अन्य १ जना घाइते भएका छन् ।

बा३च ७९६२ नम्बरको गाडीले को १५प९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो । सो गाडी गएराति पूर्वराजा ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर फर्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले सो गाडी चलाएका थिए । गाडी पूर्वराजा ज्ञानेन्द्रले पूर्वमा बस्दा प्रयोग गर्ने गरेका थिए ।

LEAVE A REPLY