Home मुख्य समाचार गुल्मीमा जिप दुर्घटना, पूर्वसांसद भण्डारीसहित तीनजनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना, पूर्वसांसद भण्डारीसहित तीनजनाको मृत्यु

167
0
SHARE

गुल्मी, २८ चैत । गुल्मीमा जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित तीनजनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।

प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआइजी पिताम्बर अधिकारीका अनुसार लु१ज १९५७ नम्बरको जिप बिहीबार बिहान मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना भएको थियो । जिप दर्लिनबाट बुटवल जाँदै थियो । जिपमा १० जना सवार थिए ।

७२ वर्षीय भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए । धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए ।

दुर्घटनामा अर्का एकजना बालक र एक महिलाको पनि मृत्यु भएको छ । मृत्यु हुने अन्यमा मालिका गाउँपालिका वडा नम्बर १ निवासी ८ वर्षीय ओश्कर विक र सोही गाउँपालिका २ की २६ वर्षीया कौशिला थापा छन् । पूर्वसांसद भण्डारी र बालकको घटनास्थलमै र महिलाको उपचारका अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस, मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई छन् ।

जिप सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि वामी टक्सार र गुल्मी अस्पताल तम्घासमा लगिएको छ ।

पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी

LEAVE A REPLY