Home खेल नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

173
0
SHARE

काठमाडौं, २८ चैत । नेपालमा  मोबाइलमा खेलिने पब्जी खेलमाथि प्रतिबन्ध लगाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को विशेष आग्रहमा पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड रोक्नका लागि पत्र पठाइए सकिएको छ । स्कुले विद्यार्थीहरुमा लतको रुपमा विकास हुँदै गएपछि पब्जी खेलमाथि प्रतिबन्ध गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।

LEAVE A REPLY