Home मुख्य समाचार देउवाकाे आपत्ति : प्रधानमन्त्रीले पेलेर संवैधानिक परिषदको बैठक बोलाए

देउवाकाे आपत्ति : प्रधानमन्त्रीले पेलेर संवैधानिक परिषदको बैठक बोलाए

145
0
SHARE

पोखरा, २८ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई पेलेर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएको भन्दै आपत्ति जनाएका छन् । आफूले उपस्थित हुन नभ्याउने जानकारी दिँदादिँदै पनि प्रधानमन्त्रीले बंठक बोलाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको भेलालाई पोखरामा सम्बोधन गर्दै देउवाले आउन पाउँदिन बैठक नराख्नुस् भन्दाभन्दै पनि बैठक राखिएको भन्दै विरोध जनाए । प्रमुख प्रतिपक्षी दलmको नेता संवैधानिक परिषदको पदेन सदस्य हुने व्यवस्था छ ।

‘काम परेर म आज आउँन सक्दिनँ भन्दाभन्दै त्यही दिन संवैधानिक परिषद्को मिटिङ राखियो,’ देउवाले भने, ‘म यसको विरोध गर्छु । हरेक क्षेत्रमा हस्तक्षेप गर्ने काम सरकारले गरेको छ ।’

देउवाले ओली सरकारले संवैधानिक आयोगलगायत हरेक क्षेत्रमा आफ्ना मान्छे राख्ने काम गरेको समेत आरोप लगाए । यसअघिका दुईवटा संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्षी दलका नेता देउवाको उपस्थितिविनै बसेको थियो । उक्त बैठकले संविधानले हालै व्यवस्था गरेको विभिन्न संवैधानिक आयोग र निर्वाचन आयोगका प्रमुखको सिफारिस गरेको थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषदमा समान पावर ब्यालेन्सको व्यवस्था भएको उल्लेख गर्दै संवैधानिक निकायका नियुक्ति कि निर्विवाद बनाउन सक्नुपर्ने कि प्रतिपक्षीलाई समकक्षीकै व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए ।

संवैधानिक परिषदबाट प्रतिपक्षी दल बाहिर बस्नुपर्ने कुनै आवश्यकता नरहेको बताउँँदै पौडेलले त्यसले देशलाई, प्रजातन्त्रलाई ठूलो नोक्सान गर्न सक्ने बताए । पौडेलले भने, ‘कम्युनिस्टको नियत नै पक्षपात गर्ने हो । आयोगमा उनीहरुका मान्छे खोजीखोजी हाल्ने, जे भन्यो त्यही मान्ने मान्छे खोजीखोजी हाल्ने, निर्वाचन आयोगमा पनि उसले जे भन्यो त्यही मान्ने मान्छे हाल्ने हो भने यो देशको हालत के हुन्छ ?’

ओली सरकार गठनको एक वर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको बताउँदै देउवाले उल्टो निर्मलाको हत्यारा तथा बलात्कारीलाई सरकारले बचाउने काम गरेको आरोप लगाए । ओली सरकारले नेपाली सेनामाथि पनि हस्तक्षेप गरेको भन्दै देउवाले आपत्ति जनाए ।

कांग्रेस पार्टी गुट–उपगुटबाट मुक्त हुनुको विकल्प नभएको औँल्याउँदै देउवाले बदमासी र पार्टीभित्रै गुटबन्दी गर्नेलाई, चुनावमा हराउन लाग्नेलाई कारबाही हुने बताए । भने, ‘यस्तो प्रवृतिले पार्टी बन्दैन, बन्दैन, बन्दैन ।’

LEAVE A REPLY